२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२७ जेठ,२०८२

दैलेखको दुल्लु नगरपालिका वडा नं. ८ ले आज औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । दुल्लु नगरपालिका ८ नम्बर वडाद्धारा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित विभिन्न योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
दुल्लु नगरपालिका वडा नं. ८ को वडा कार्यालय स्थित पिपलचौतारीमा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबाट यस आर्थिक वर्षमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास पुर्वाधार लगाएत सेवा प्रवाह र विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव गणेश रानामगरले प्रस्तुत गर्नुभएको थियो ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण र जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा सवालजवाफ समेत गरेका छन । कार्यक्रममा सहभागि सेवाग्राहीहरुले राखेका प्रश्न एवं सल्लाह सुझावहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेहि वक्ता वडाध्यक्ष शुशिल कुमार भण्डारीले गर्नुभएको थियो ।

 

 

 

दिपेन्द्र कार्की बस्ताकोटी ,दैलेख
२९ जेठ २०८२
जग्गा विवादमा झडप हुँदा दैलेखमा एक जनाको मृत्यू भएको छ । धारिलो हतियार प्रहारबाट घाइते भएका भैरबी गाउँपालिका–६ कुर्माकोटका ५१ वर्षीय रामबहादुर हमालको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

गएराति भैरबी गाउँपालिका–६ कुर्माकोटको ज्यामुडाँडामा भएको झडपमा घाइते रामबहादुर दैलेख जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि सुर्खेत पु¥याइएकामा आज दिउँसो मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले पहरेदारलाई जानकारी दिनुभयो ।

सामूहिक रुपमा आक्रमण गरी हत्या गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा घटनाका आरोपितहरु एकै घरका ४२ वर्षीय कुलबहादुर सिंह, उनकी श्रीमति ३८ वषीया मनिषा सिंह र कुलबहादुरका २२ वर्षीय छोरा सुरेन्द्र सिंहलाई प्रहरीले हिरासतमा राखिएको र घटनाको अनुसन्धान भइरहेको डीएसपी बरालले बताउनुभयो ।

मृतक रामबहादुर र हत्या आरोप लागेका कुलबहादुर सहोदर जेठान–जुवाई हुन् । कुलबहादुर १६ वर्ष अघि एक जना हुलाकीको हत्या कसूरमा २० वर्ष जन्मकैदमा आधा सजाय माफी पाएर दुई वर्ष अघि मात्र छुटेका थिए । कुलबहादुर कारागारमा भएको बेला उनकी श्रीमति मनिषा माइतीको संरक्षणमा थिइन् ।

महाबु गाउँपालिका–५ काँशिकाँध स्थायी ठेगाना भएका कुलबहादुर हुलाकी हत्यामा तोकिएको जन्मकैद मध्ये आधा सजाय माफी पाएपछि ससुराली गाउँ भैरबी गाउँपालिका–६ कुर्माकोटमा बसोबार गर्दै आएका थिए । यो घटनामा परिवारका तीन जना प्रहरी हिरासतमा परेपछि १९ वर्षकी छोरी र १७ वर्षको अर्को छोरा मात्र घरमा बचेका छन् ।