२०८२ असार २० शुक्रबार
२०८२ असार २० शुक्रबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार ६,२०८२

दैलेखको नौमुले गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेशको आयोजनामा एक वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । “भ्रष्ट्राचार नियन्त्रणमा नागरिक साझेदारी,शुसासन प्रर्वद्धनमा सबैको जिम्मेवारी” भन्ने मुल नारा तय गरिएको भ्रष्ट्राचार नियन्त्रण तथा शुशासन प्रर्वद्धन सम्बन्धी नौमुले गाउँपालिका स्तरिय अन्तरक्रिया आज नौमुले गाउँपालिकामा सम्पन्न भएको छ ।
नौमुले गाउँपालिका भित्रका जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न योजनाका उपभोक्ता समिति सदस्यहरु र उपभोक्ताहरु लगाएत आम नागरिकहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रमको अवसरमा भ्रष्ट्राचार न्युनिकरणका लागि आवश्यक निति नियमका सन्दर्भमा अन्तरक्रिया गरिएको छ ।

नौमुले गाउँपालिका अध्यक्ष छबिराम सुवेदी, उपाध्यक्ष गंग बहादुर शाही, प्रमुख प्रशासकिय अधिकृत दमन दाहाल लगाएत जनप्रतिनिधिहरुले गाउँपालिकालाई भ्रष्ट्राचाररहित पालिकाको रुपमा स्थापित गर्न लागि परेको सन्दर्भ उठान गर्दै त्यसका लागि सबैको अठोट र हातेमालो अनिवार्य रहेकोमा जोड दिएका छन ।
कार्यक्रमको अवसरमा उठेका विविध सवालहरुको सहजिकरण गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश प्रमुख रामकृष्ण पुडासैनीले भ्रष्ट्राचार अन्त्यका लागि सबैको हातेमालो हुनुपर्ने भन्दै सञ्चार जगतले समेत सकारात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले पालिकाको नेतृत्वले समेत कानुनले दिएका हक अधिकार र ऐन नियमको पुर्ण पालना हुनु जरुरी भएको बताउनुभयो ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।