२०८२ असार १९ बिहीबार
२०८२ असार १९ बिहीबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार ९,२०८२

दैलेखको नारायण नगरपालिकाले आज एक औपचारिक कार्यक्रमका बिच नगरसभाको १६औँ अधिवेसन सञ्चालन गरेको छ । जिल्लाकै सदरमुकामको रुपमा रहेको र फरक पहिचान भएको नारायण नगरपालिले उक्त नगरसभाको अधिवेसनमा आर्थिक वर्ष २०८२÷८३ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाले कृषि ,पर्यटन र पुर्वाधार लक्षित निति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्दै विकास निर्माण र सेवाप्रवाहमा पारदर्शितालाई अवलम्बन गर्ने रणनिति अघि सारेको छ ।
नारायण नगरपालिकाको नगरसभाको अधिवेशनबाट सर्वसम्मतरुपमा पारित भएको उक्त निति तथा कार्यक्रमबाट भौतिक पुर्वाधार , शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत समग्र नारायणबासीको जनजीवनमा उपलव्धी हुने कार्यक्रम अघि सारेको छ ।
नारायण नगरपालिकाको १६औँ नगरसभाको अधिवेसनमा नगरप्रमुख लोमन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को निति तथा कार्यक्रम माथि आगामी भोलि असार १० गते पुनः बस्ने नगरसभाको अधिवेसनमा नगरउपप्रमुख तप्ता थापाले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

भुगोल संवाददाता,
९ असार २०८२
डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख देवी घर्तीमाथि अपमान र हातपातको प्रयास भएको छ। असार ८ गते साँझ त्रिपुरासुन्दरी–१ स्थित कान्छीबजारमा यो घटना भएको हो। नगरसभाका लागि नीति तथा कार्यक्रम तयारी गरी घर फर्किँदै गरेकी उपप्रमुख घर्तीमाथि त्रिपुरासुन्दरी–९ का वडाध्यक्ष राजु बुढाले बाटोमै गाडी रोकी हातपात गर्न खोजेका थिए। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार वडाध्यक्ष बुढाले घर्तीको आइफोन जबरजस्ती खोसेर कब्जा समेत गरेका थिए।
डोल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपि रुकबहादुर खड्काका अनुसार घटना लगत्तै जनपद प्रहरी खटिए पनि स्थानीयबासीको अवरोधका कारण नियन्त्रण लिन मुस्किल भएपछि सशस्त्र प्रहरी बल परिचालन गरेर वडाध्यक्ष बुढालाई नियन्त्रणमा लिइएको हो। “मोबाइल खोसेर अपशब्द बोलेको र गालीगलौज गर्दै शारीरिक हातपात गर्न खोजेको गुनासो उपप्रमुख घर्तीबाट आएको छ,” डिएसपी खड्काले बताए।
नेकपा एमालेबाट निर्वाचित उपप्रमुख घर्ती त्रिपुरासुन्दरी नगरपालिकामा एक लोकप्रिय जनप्रतिनिधि हुन । उप्रमुख घर्तीले आफुमाथी भएको घटना सम्बन्धमा आधिकारिक उजुरी दिएकी छन्। जिल्ला प्रहरी कार्यालय डोल्पामा उपप्रमुख घर्तीले गालि बेइज्जती तथा हातपातको प्रयास गरेको भन्दै उजुरी दर्ता गरेको घर्ती निकट स्रोतले बताएको छ। हातपात प्रयासका आरोपी वडाध्यक्ष राजु बुढा भने माओवादी केन्द्रबाट निर्वाचित हुन्।

स्रोत ः फोक्सुन्डो खबरबाट……

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।