२०८१ माघ १६ बुधबार
२०८१ माघ १६ बुधबार

सोसेक नेपालले आफ्ना स्थापनाका २७ वर्ष पुरागर्दै गर्दा……….

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र ११, २०८१

“आत्मा साचि राखी, मन वचन र कर्मले सेवा गरौँ भन्ने मुल नाराका साथ सामाजिक सेवा केन्द्र सोसेकको नामले दैलेखमा २०५४ मा स्थापना भएको एक संस्था हो सोसेक नेपाल ।
सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र सल्यान सुदुर पश्चिम प्रदेशको अछाम र लुम्विनी प्रदेशको दाङ र कपिलवस्तु जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षणरसुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ भने खानेपानी ,सरसफाई र स्वच्छताका समेत काम गर्दै आइरहेको छ ।
सोसेक नेपालले विभिन्न १० वटा जिल्लाहरुमा करिब ३३ वटा परियोजना मार्फत महिला, वालवालिका लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आइरहेको छ ।

पश्चिम नेपालमा विद्यमान छाउपडि, जातिय भेदभाव, वालविवाह , वहुविवाह, महिला हिंसा लगाएत विभिन्न कुरिति र कुसँस्कारका क्षेत्रमा क्रियासिल सोसेक नेपाल यतिबेला विकासनिर्माण लगाएत स्वच्छता सरसफाईका क्षेत्रमा क्रियासिल छ भने लोपउन्मुख , सिमान्तकृत र पिछडिएका जातिको रुपमा रहेका राउटे र कुसुण्डा लगाएत वादी जातिको उत्थानको क्षेत्रमा आफ्ना विविध योजना सहित काम गरिरहेको छ ।
“नगरौँ विहेका कुरा भएको छैन बिस वर्ष पुरा”, “वालवालिकाका कुरा सुनौँ बालश्रमलाई नाई भनौँ ” जस्ता महत्वपुर्ण नारा तय गरेको सोसेक नेपाल समस्या र विपत्तिमा समेत अग्रपंतिमा रहेर समाजसेवाको क्षेत्रमा समेत लोकप्रिय छ भने वाल हेल्पलाइन देखि विभिन्न सहयोगि भुमिकामा सक्रिय छ सोसेक नेपाल । अझ भन्नुपर्दा जहाँ समस्या त्यहाँ सोसेक नेपाल भन्ने जनबोलिमा समेत व्याप्त छ ।
सोसेक नेपालले यतिबेला आफ्नो स्थापनाको २७ वर्ष पुरा गरेको छ । करिब २७० जना संस्थागत कर्मचारीहरु सहित क्रियासिल कार्यसमिति सहित दैलेखमा आफ्नो मुख्य कार्यालय रहेको सोसेक नेपालले आफ्नो २७औँ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न गरेको छ ।

जिल्ला स्थिति विभिन्न सरकारी तथा ग्रैह्सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख प्रतिनिधिहरु सहित सरोकारवालाहरुको सहभागिता रहेको वार्षिकोत्सव समारोहमा राउटे समुदायका मुखिया सहित वृहत जनसहभागितामा वार्षिकोत्सव समारोह सम्पन्न गरिएको छ ।

वार्षिकोत्सव समारोह तथा साधारण सभालाई शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य सिता कुमारी रानाले विश्वका हरेक देशहरुमा कुनै न कुनै समस्या भएको स्मरण गराउदै नेपालका हरेक पिछडिएका क्षेत्रका नागरिकहरुको जीवनलाई माथि उठाउन सोसेक नेपालको कार्यक्रम प्रभावकारी भएको भन्दै सबैले सहकार्य र हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

वार्षिकोत्सव समारोहमा बोल्दै सोसेक नेपालका अध्यक्ष मञ्जु खड्काले सोसेक नेपालले विगत स्थापना काल देखि विभिन्न समस्याहरु समाधान गर्दै संघर्षरत रहेको जानकारी गराउदै आगामी दिनहरुमा समेत समस्या भएका क्षेत्रमा कार्यक्रम तय गरिने बताउनुभयो ।

संस्थाको वार्षिक उत्सव तथा साधारण सभाको अवसरमा बोल्दै संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक हिरासिंह थापाले समाजमा विद्यमान कुरिति कुसँस्कार लगाएत विकृति र विसंगतिका साथै विकासनिर्माणका क्षेत्रमा काम गर्ने उद्धेश्यका साथ स्थापना गरिएको सोसेक नेपालको २७ वर्ष आफैमा एतिहासिक बन्न गएको भन्दै त्यतिबेलाको परिकल्पना यतिबेला साकार हुदैँ गएको प्रति खुशी व्यक्त गर्नुभयो

यसरी समाजमा विद्यमान कुरिति कुसँस्कार लगाएत महिला वालवालिका र लोपउन्मुख जातिको क्षेत्रमा क्रियासिल हुदैँ नियम र विधानमा आधारित कार्यक्रम गर्दै उपलव्धि बनाउदै आएको सोसेक नेपालको २७ वर्ष इतिहासका पानामा अंकित छ । आगामी दिनहरुमा पनि विगत जस्तै जहाँ समस्या त्यहाँ सोसेक नेपाल भन्ने युक्ती आम नेपालीका लागि सार्थक हुने अपेक्षा गरिएको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।