२०८१ मंसिर ६ बिहीबार
२०८१ मंसिर ६ बिहीबार

भाषण मात्र गर्नु भन्दा उत्तरदायित्व वहन गरे विकास सम्भव छ, मन्त्रि भण्डारी…

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र १९, २०८१

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रि घनश्याम भण्डारीले भाषण भन्दा ठुलो उत्तरदायित्व भएको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी वहन गरेसँगै पहिलो पटक गृह क्षेत्र दुल्लु पुग्नुभएका मन्त्रि भण्डारीले दुल्लु नगरपालिकाद्धारा आयोजित स्वागत तथा बधाई कार्यक्रमको अवसमा बोल्दै चिल्ला कुरा र भाषणले विकास नहुने भन्दै जिम्मेवारी वहन गर्दै उत्तरदायित्व वोध गरेको खण्डमा विकासनिर्माण र लक्ष्य संभव भएको बताउनुभएको छ । उहाँले आफु भर्खरमात्र उक्त मन्त्रालयको जिम्मेवारीमा पुगेको भन्दै समयले साथ दिए सम्म शिक्षा, स्वास्थ्य, खानेपानी , सडक लगाएत भौतिक निर्माणका लागि सबै मन्त्रालयसँग सहकार्य गर्दै समग्र दुल्लुको विकासमा हातेमालो गर्ने बताउनुभयो ।

दुल्लु नगरपालिकाको पहिलो नगरप्रमुख समेत हुनुभएका भण्डारी यतिबेला कर्णाली प्रदेश सभा सदस्य तथा सामाजिक विकास मन्त्रि बन्नुभएको हो । उहाँले विगतको आफ्नो दुल्लु नगरपालिकाको कार्यकालको स्मरण गर्दै आफ्नो पाला देखि थुप्रै विकासनिर्माणका समस्या यथावत रहेकाले आफ्नो शरिर सामाजिक विकास मन्त्रालयमा भएपनि तनमन दुल्लुमै रहेको समेत बताउनुभयो । उहाँले दुल्लु नगरपालिकाका जनप्रतिनिधिहरु लगाएत कर्मचारीहरुलाई निर्देशन दिदैँ जनताको काम र आफ्नो जिम्मेवारी कहिल्यै पनि विर्सिन नहुने भन्दै इमान्दारिताकासाथ काम गर्नुपर्नेमा जोड दिनुभयो । दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले मन्त्रि भण्डारीलाई स्वागत गर्नुभएको थियो भने उपप्रमुख बिना कार्कीले समग्र दुल्लु निर्माणको योजना र माग सहितको ज्ञापनपत्र बाचन गर्दै मन्त्रि भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

दुल्लु नगरपालिकाको स्वागत तथा वधाई ज्ञापन कार्यक्रम पश्चात नेपाली काँग्रेस दुल्लु नगरसमिति द्धारा गरिएको स्वागत तथा वधाई ज्ञापन कार्यक्रममा समेत मन्त्रि भण्डारीको उपस्थिति रहेको थियो ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।