२०८१ मंसिर २० बिहीबार
२०८१ मंसिर २० बिहीबार

दुल्लुमा अपांग दिवसको अवसरमा अपांगहरुसँग अन्तरक्रिया तथा सम्मान…

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
मंसिर १८, २०८१

दैलेखको दुल्लु नगरपालिले ३३औँ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा नगरपालिका भित्रका अपांगता भएका व्यक्तीहरुसँग विशेष अन्तरक्रिया कार्यक्रम गर्दै उनिहरुलाई सम्मान गरेको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानसँगै जोडेर “समावेसी तथा दिगो भविश्यको पुर्वाधार,अपांगता भएका व्यक्तीहरुको प्रवल नेतृत्व यसको आधार” भन्ने मुल नारा सहित अपांगता दिवसको अवसरमा नगरपालिका भित्रका अपांगता भएका व्यक्तीहरुसँग अन्तरक्रिया गर्दै उनिहरुका समस्यामाथी छलफल गर्दै जिवन जिउने आधारका सन्दर्भमा समेत छलफल गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा अपांगता भएका व्यक्तीहरुले आफुहरु पनि अन्य नागरिकहरु जस्तै भएको र अपांगता भएका व्यक्तीहरुका सन्दर्भमा नगरपालिका र वडा स्तरबाट आयआर्जनका कार्यक्रमहरु तय गरिनुपर्नेमा जोड दिएका छन । अन्तरक्रिया कार्यक्रमको अवसरमा बोल्दै दुल्लु नगरपालिका उपप्रमुख बिना कार्कीले नगरपालिकाले अपांगता भएका व्यक्तीहरुका समस्या समाधानका लागि विभिन्न कार्यक्रम तय गर्दै उनिहरुका मनोभावना बुभ्mनकै लागि भएपनि अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो ।

अपांग दिवस तथा अन्तरक्रियाको अवसरमा सहभागि अपांगता भएका व्यक्तीहरुलाई चिसोको समयमा चिसोबाट बच्नका लागि न्यानो उनको टोपी प्रदान गर्दै सम्मान गरिएको छ । उक्त अन्तरक्रिया कार्यक्रमलाई सोेसेक नेपालले सहजीकरण गरेको छ भने एभरेष्ट क्लब दैलेख, आवाज परियोजना लगाएत संघसंस्थाहरुले सहयोग गरेका छन । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।