दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२३ फाल्गुन,२०८१

यस वर्षको अन्तराष्ट्रिय महिला दिवस अथवा ११५औँ अन्तराष्ट्रिय महिला दिवस फाल्गुन २४ को अवसरमा दैलेखको दुल्लु नगरपालिकाले आज एक औपचारिक कार्यक्रम र विविध साँस्कृति कार्यक्रम सहित ११५औँ अन्तराष्ट्रि महिला दिवस मनाएको छ । “सबै महिला तथा वालवालिकाको लागिः अधिकार समानता र सशक्तिकरण” भन्ने मुल नारा तय गरिएको यस वर्षको महिला दिवस मनाउने कार्यक्रम अनुसार उक्त कार्यक्रम मनाइएको हो ।
दुल्लु नगरपालिकामा क्रियासिल विभिन्न संघसंस्थाहरुको सहजिकरणमा विभिन्न वडाहरुबाट सहभागित आमा समुह, महिला समुह लगाएत विभिन्न समुहहरुद्धारा विभिन्न लोकनृत्य प्रतियोगिता सहित कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको अवसरमा बोल्दै दुल्लु नगरपालिका उपप्रमुख बिना कार्कीेले महिलाहरुको हक अधिकारका लागि मनाइने गरेको महिला दिवस भएपनि यतिबेला मौलिक परम्पराहरु लोप भइसकेको सन्दर्भ उठान गर्दै यतिबेला महिलाहरु नै महिलाका शासक भएकोमा आपत्ति जनाउनुभयो ।
प्रस्तुत गरिएका विभिन्न साँस्कृतिक कार्यक्रम र गितहरुमा महिलाका रोदनमाथी हक अधिकारका लागि कानुन बलियो हुनुपर्नेमा जोड दिइएको छ।
