२०८१ फाल्गुन २८ बुधबार
२०८१ फाल्गुन २८ बुधबार

राजनैतिक एकता बिना हरेक विकासहरु अधुरा हुने , नगरप्रमुख शाही चामुण्डाबिन्द्रासैनी दैलेख………

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२४ फाल्गुन,२०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आफ्नो स्थापनाको ८औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न गरेको छ । लोकतान्त्रिक गणतन्त्रमा देश संघियतामा गईसके पछि २०७३ फाल्गुन २७ गते घोषणा भएका देशका अन्य स्थानिय तहहरु मध्ये चामुण्डाबिन्द्रासैनी नगरपालिका पनि एक हो । दैलेखमा रहेका ११ वटा स्थानिय तहहरुमा फरक पहिचान बोकेको र मिलेको भुभागमा अवस्थित चामुण्डाबिन्द्रासैनी नगरपालिकाले पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको हो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाको केन्द्र जम्बुकाँध बजारमा प्रभात फेरी सहित पञ्चबाजाको झाँकी सहित औपचारिक रुपमा सुरुभएको उक्त कार्यक्रमको अवसरमा जिल्ला स्थित विभिन्न पालिकाका प्रमुखहरु, राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु , नगरपालिकाका वर्तमान निवर्तमान जनप्रतिनिधिहरु लगाएत स्थानियबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । स्थानिय तहको निर्वाचन २०७९ पश्चात यतिबेलाका जनप्रतिनिधिहरुको आगमनसँगै नगरपालिका क्षेत्रमा भएका गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गर्दै नगरप्रमुख शाहीले राजनैतिक एकता बिना कुनैपनि विकास संभव नभएको भन्दै विगतदेखी नगरपालिकाको हरेक क्रियाकलापमा आपसि सहकार्यबाट आफुहरु अघि बढिरहेको तर्क प्रस्तुत गर्नुभयो । उहाँले विगतका दिनहरुमा झिनामसिना कुराहरुमा तिक्तता भएको भएपनि सबै जनप्रतिनिधिहरु र कर्मचारीहरु जनसेवक नै भएको समेत बताउनुभयो । उहाँले आगामी बाँकी रहेको २ वर्षे कार्यकालमा चामुण्डाबिन्द्रासैनीको थप विकास गर्दै विकास पुर्वाधार लगाएत शिक्षा स्वास्थ्यका क्षेत्रमा समेत उल्लेख्य काम हुनेमा जोड दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।