२०८२ जेष्ठ २३ शुक्रबार
२०८२ जेष्ठ २३ शुक्रबार

(डोल्पा) त्रिपुरासुन्दरीका ३९ गाउँ सडक सञ्जालसँग जोडिदै…..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
१९ जेठ,२०८२

विकासको मेरुदण्डको रुपमा सडकलाई लिइन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी,विद्युत लगाएत अन्य विकासका पुर्वाधार निर्माणका लागि सडक नै मुख्य हो । सडक बिना ति संरचनाहरु निर्माण असंभव छन ।
नेपालका ७ प्रदेशहरुभा सबैभन्दा विकट कर्णाली र कर्णालीका १० वटा जिल्लाहरु मध्ये डोल्पा जिल्ला भौगोलिक रुपमा सबैभन्दा विकट छ । भुगोलका हिसावले नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पाका सबै स्थानिय तहहरुमा अहिले पनि सडक पुग्न सकिरहेको छैन । सुर्खेत डोल्पा भेरी करिडोरको जाजरकोट तल्लुबगर सम्म सडक केहि सहज भएपनि डोल्पा सदरमुकाम दुनै पुग्नका लागि सामान्य सडक छ जसको निर्माणको काम कछुवाको गतिमा भइरहेको छ । त्यसो त कुनै दिन डोल्पालाई सडकले छोयो अनि आज डोल्पा सदरमुकाममा सडक पुग्यो र गाडी पुगेको समाचार सुन्दा खुशी हुने मन आज उक्त सडकको गतिसँगै भइरहेको विकासलाई सामान्य रुपमा लिन सकिन्छ ।
डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपाकिला जिल्लाका ८ वटा स्थानिय तहहरु मध्ये फरक पहिचान बोकेको पालिका हो । विकास निर्माण र शुसासनको क्षेत्रमा आफ्नो भिन्न परिचय बनाएको त्रिपुरासुन्दरी नगरपालिकाको ११ वटा वडाका ३९ वटा गाउँहरु यतिबेला सडकसञ्जालसँग जोडिएका छन । घोडा र खच्चरमा दैनिक उपभोग्य बस्तुहरुका साथै विकास निर्माणका सामाग्रीहरु बोकेर जिविका चल्दै आएको त्रिपुरासुन्दरीको सबै वडाहरुमा सडक बिस्तारसँगै सदाबहार रुपमा बोलेरो गाडिमै भएपनि यात्रा गर्न सकिने भिन्न पहिचान अनि विकासको नमुना हो । विद्युत, खानेपानी , शिक्षा को पहुँच सँगै सडक सञ्जालको विकासबाट त्रिपुरासुन्दरी क्षेत्रका उत्पादनहरु जस्तै ओखर, स्याउ र अन्य बस्तुहरु निर्यात गर्न सहज मात्र भएकमो छैन सडक सञ्जालले त्रिपुरासुन्दरीका रुम, रसि,छल, जिँउ, चुँ र सुँ जस्ता विकट गाउँहरु पनि सुगम लाग्न थालेका छन । गाउँ पुग्ने खोलाहरुम कल्भट, पुल निर्माण देखी सडक विस्तारको श्रेय डोल्पाबाट केन्द्र तथा प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिहिरुलाई समेत जाने गरेको त्रिपुरासुन्दरी नगरपालिका उपप्रमुख देवी घर्तिको भनाई रहेको छ ।

त्यसो त डोल्पा मात्र नभएर देशका अन्य सुगमक्षेत्रका स्थानिय तहहमरुले संघियताको ८ वर्षसम्म १ मिटर कालोपत्रे सडक बनाउन नसकेको परिवेसमा समेत त्रिपुरासुन्दरी नगरपालिकाले नगरपालिका केन्द्र त्रिपुराकोट बगर क्षेत्र लगाएत त्रिपुरामन्दिर क्षेत्रमा कालोपत्रे सडकको निर्माण गर्दै चुनौतिको विषय पार गरेको छ । जसले गर्दा त्रिपुरासुन्दरी नाम जस्तै कामले अगाडी बढिरहेको प्रष्ट हुन्छ । नगरपालिकाको ३९ वटा गाउँमध्य ३७ वटा गाउँमा सडक पुगिसकेको र २ वटा गाउँमा यतिबेला सडक बिस्तार गर्दै नगरपालिकालाई एकिकृत सडक बिस्तार कार्यक्रमबाट अघि बढिरहेको नगरप्रमुख जनचन्द्र रोकायको भनाई रहेको छ ।

यसरी भौगोलिक विकटतासँगै त्रिपुरासुन्दरी नगरपालिकाले सडक निर्माण ,विस्तार र स्तरोन्नतिमा देखाएको चासोले भोलिका दिनमा त्रिपुरासुन्दरीको अन्य विकास निर्माणलाई समेत सहज बनाइदिएको छ । जसको सिको र पाठ डोल्पाका अन्य पालिकाहरुले समेत गर्नुपर्ने देखिन्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।