२०८२ जेष्ठ २७ मंगलवार
२०८२ जेष्ठ २७ मंगलवार

दुल्लु नगरपालिका वडा नं.३ र ७ को सार्वजनिक सुनुवाई सम्पन्न…

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२३ जेठ,२०८२

दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ र ७ ले आफ्नो वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेका छन । ३ नम्बर र ७ नम्बर वडाद्धारा आर्थिक वर्ष २०८१÷८२ का लागि वडा क्षेत्रमा विनियोजित बजेट लगाएत सञ्चालित विभिन्न योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा यस वर्षको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गरिएका हुन ।
दुल्लु नगरपालिका वडा नं. ३ तथा वडा नं. ७ को वडा कार्यालय परिसरमा सञ्चालित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा क्षेत्रबाट यस आर्थिक वर्षमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास पुर्वाधार लगाएत सेवा प्रवाह र विविध विषय गरिएका प्रगति प्रतिवेदन दुल्लु ३ को वडा सचिव दिपक आचार्य तथा वडा नं. ७ को प्रतिवेदन वडा सचिव भरोषा साहले प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण र जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा राखेका प्रश्न एवं सल्लाह सुझावहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेहि वक्ताको रुपमा सम्बन्धित वडाका वडाध्यक्षहरु वडा नंं ७ को कबिराज रावत तथा वडा नं. ३ का वडाध्यक्ष कुल बहादुर कार्कीले गुर्नभएको थियो ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।