दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार ४,२०८२

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ८ ले औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । वडाद्धारा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित विभिन्न योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ८ कार्यालय परिसर बिन्द्रासैनी खुल्ला मञ्चमा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबाट यस आर्थिक वर्षमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास पुर्वाधार लगाएत सेवा प्रवाह र विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव ललित शाहीले प्रस्तुत गर्नुभएको थियो ।
उल्लेख्यरुपमा वडाबासीहरुको सहभागितामा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण र जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा प्रश्न गर्दै वडा कार्यालय र जनप्रतिनिधिहरुलाई सल्लाह सुझाव दिएका छन । सार्वजनिक कार्यक्रममा उठेका विभिन्न विषयहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेहि वक्ता वडाध्यक्ष रत्न बहादुर रशाहीले गर्नुभएको थियो ।
