२०८२ असार २० शुक्रबार
२०८२ असार २० शुक्रबार

महाबु गाउँपालिकाकोे १७औँ गाउँसभामा कृषि पर्यटन र पुर्वाधार केन्द्रित निति कार्यक्रम प्रस्तुत…..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार ६,२०८२

दैलेखको महाबु गाउँपालिकाले आज आफ्नो गाउँसभाको १७औँ अधिवेसन सञ्चालन गरेको छ । दैलेखको सबैभन्दा अग्लो स्थानमा अवस्थित महाबु गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कृषि ,पर्यटन र पुर्वाधार लक्षित निति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्दै गाउँपालिकाको गाउँसभा सञ्चालन भएको छ । जिल्लाका अन्य स्थानिय तहहरु भन्दा भिन्न पहिचान बोकेको महाबु गाउँपालिकाले कृषि क्षेत्र लगाएत जडिबुटी, पर्यटन र पर्यटकिय क्षेत्रका्े विकास र प्रवद्र्धन लगाएत भौतिक पुर्वाधार तर्फ विगत वर्षहरुमा अधुरा रहेका भौतिक संरचनाहरुलाई पुर्णता दिने निति कार्यक्रम अघि सारेको छ ।
गाउँपालिकाको उक्त गाउँसभामा आगामी वर्षको लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष जंग बहादुर शाहीले संवृद्ध गाउँपालिका निर्माणको लागि सबै जनप्रतिनिधिहरुको हातेमालो , सहमति र सहकार्य आजको आवश्यकता भएकोमा जोड दिनुभयो ।
गाउँसभामा निति तथा कार्यक्रम पारित भए पश्चात बोल्दै गाउँपालिका अधयक्ष शाहीले यस वर्षको गाउँपालिकाको निति तथा कार्यक्रमले गाउँपालिकाको कृषि, पर्यटन र पुर्वाधार लगाएत खानेपानी व्यवस्थापनका क्षेत्रमा समेट्ने प्रयास गरिएको र जसले महाबुबासीको जीवनस्तर माथी उठाउन प्रयास गर्ने बताउनुभयो ।

गाउँसभामा आज प्रस्तुत गरिएको निति तथा कार्यक्रम माथी आगामी असार १० गते वस्ने गाउँसभामा बजेट प्रस्तुत गरिने छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।