किशोर(किशोरीहरूको स्वास्थ्य र हित प्रवर्द्धन गर्नतर्फ एक महत्वपूर्ण कदमस्वरूप, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले जम्बुकाँध स्वास्थ्य चौकीलाई पहिलोपटक किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा (AFHS) प्रमाणित संस्थाको रूपमा घोषणा गरेको छ। जुन नगरपालिकाकै पहिलो स्वास्थ्य संस्थाको रुपमा घोषणा गरिएको छ । नगरपालिका स्तरीय घोषणात्मक कार्यक्रम नगरका पदाधिकारी, स्वास्थ्यकर्मी, समुदायका प्रतिनिधि, विकास साझेदारहरू र किशोरकिशोरीहरुको सहभागितामा सम्पन्न भयो। यो घोषणा स्वास्थ्य चौकीमा किशोरकिशोरीमैत्री सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, गोपनीयता, पहुँच र सम्वेदनशीलताको आधारमा गरिएको हो।
यो उपलब्धि चामुण्डाबिन्द्रासैनी नगरपालिका र Sosec नेपालको निरन्तर प्राविधिक र कार्यक्रमगत सहयोग बिना सम्भव हुने थिएन । Sosec नेपालले किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा स्थापना र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निभाएको छ। यस योगदानको कदर गर्दै नगरपालिका Sosec नेपाललाई धन्यवाद पत्र तथा मायाको चिनो प्रदान गरेको छ । उक्त घोषणा कार्यक्रमको अवसरमा प्रमुख अतिथि एवं चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश कुमार शाहीले भन्नुभयो “यो हाम्रो नगरपालिकाको गौरवको विषय हो, जुन किशोरकिशोरीमैत्री सेवाको दिशामा सामूहिक प्रतिबद्धताको प्रतिफल हो।”
प्रमाणित भएको यो स्वास्थ्य संस्था अब अन्य स्वास्थ्य संस्थाहरूका लागि मोडलको रूपमा स्थापित हुनेछ, जसले किशोरकिशोरीमैत्री सेवा विस्तारमा मार्गदर्शन गर्नेछ।

