२०८१ मंसिर २९ शनिबार
२०८१ मंसिर २९ शनिबार

सोसेक नेपालको क्षमताविकास, वार्षिक समिक्षा लगाएत रणनैतिक गोष्ठि दैलेखमा….

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण १२, २०८१

वालविवाह न्युनिरकणको क्षेत्रमा होस या कुरिति र कुसँस्कारका क्षेत्रमा होस या विकासनि र्माणका क्षेत्रमा क्रियासिल सोसेक नेपालको क्षमता विकास लगाएत वार्षिक समिक्षा लगाएत आगामी रणनैतिक योजना तर्जुमा गोष्ठि आजबाट दैलेखमा सुरु भएको छ ।

मुख्य कार्यालय दैलेख रहेको सोसेक नेपालले महिला, वालवालिका, पिछडिएका तथा लोपउन्मुख समुदायको क्षेत्रमा यतिबेला देशका धेरै जिल्लाहरुका करिब ३३ वटा परियोजना मार्फत विभिन्न क्रियाकलाप र विकास निर्माण गर्दै आइरहेको छ । सोसेक नेपालमा यतिबेला करिब २५० भन्दा बढि क्रियाशिल कर्मचारीहरुले विभिन्न क्षेत्रमा भुमिका निर्वाह गर्दै आइरहेका छन । नयाँ कर्मचारीहरुका लागि क्षमता विकास लगाएत विगत आर्थिक वर्षमा सञ्चालिक कार्यक्रमको समिक्षा लगाएत आगामी आर्थिक वर्षका लागि आवश्यक कार्यक्रमको रणनैति योजना तर्जुमा गोष्ठि आजबाट ३ दिनका लागि दैलेखमा सञ्चाल भएको छ । विभिन्न परियोजना प्रमुखहरुले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने उक्त गोाष्ठिमा विभिन्न जानकारीमुलक तालिम समेत प्रदान गरिने सोसेक नेपालले जनाएको छ ।
गोष्ठि उद्धघाटनको अवसरमा बोल्दै सोसेक नेपालका अध्यक्ष मञ्जु खड्काले विभिन्न संघसंस्था लगाएत कर्मचारीको कारण सोसेक नेपालले उत्कृष्ट काम गरिरहेको भन्दै खुशी भएर समाज र बस्तिमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

गोष्ठिको उद्धेश्यको बारेमा जानकारी गराउदै सोसेक नेलालका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक हिरासिंह थापाले सोसेक नेपालले हरेक वर्ष वार्षिक समिक्षा गर्नुका साथै नयाँ कर्मचारीका लागि क्षमता विकास गर्ने गरेको भन्दै आगामी दिनको कार्यक्रमको बारेमा रणनिति बनाउनका लागि गोष्ठि आयोजना गरिएको बताउनुभयो ।

उक्त गोष्ठिमा पश्चिम नेपालमा जंगलमा फिरन्ते जिवन विताउदै आएका राउटे समुदायका २ जना किसोरीहरु समेत सहभागि भएका छन । गोष्ठि आगामी श्रावण १४ गते सम्म सञ्चालन हुनेछ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।