२०८१ कार्तिक २३ शुक्रबार
२०८१ कार्तिक २३ शुक्रबार

चामुण्डाबिन्द्रासैनी चिरुवा खोलाका खेतहरु बाढीको सिकार, साल्डाँडा बस्ति समेत उच्च जोखिममा..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र १७, २०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ४ र ५ को बिच क्षेत्रमा अवस्थित चिरुवाखोला त्यस क्षेत्रको तराँईको रुपमा रहेको छ । लटरम्म धान फल्ने उर्वरा भुमि त्यति मात्र होइन सदाबहार पानि बग्ने उक्त क्षेत्र त्यस क्षेत्रका नागरिकहरुको हातमुख जोर्ने क्षेत्र समेत हो भन्दा फरक नपर्ला ।
जेठ महिनामै रोपाई हुने चिरुवाखोला क्षेत्रका खेतहरु यतिबेला लहलह अवस्थामा थिए । गत भाद्र १३ गते राति आएको अविरल वर्षा र माथिबाट खोलामा आएको बाढिले खेतलाई बगरमा परिणत गरिदिएपछि किसानहरुको मेहनेत र परिश्रम बालुवाको पानी भएको छ ।
यो बज्रपात पनि अव्यवस्थित सडककै कारण भएको हो । चामुण्डाबिन्द्रासैनी हाडाकोट सडक खण्डको बुडेली सडकबाट बगेर गएको ढुंगा र माटोले खेत र धानबाली नष्ट हुनुका साथै खेतबारी बगरमा परिणत भएको तथ्यलाई नकार्न सकिदैन । विगतका वर्षहरुमा सामान्यतया पानी पर्ने गरेकोले सामान्य क्षति भएपति यतिबेला भने किसानहरुको धानबाली , खेतबालीमा नराम्रो क्षति पुगेपछि किसानहरु टाउकोमा हात
उक्त बाढी र पहिरोका कारण खेतबाली मात्र होइन चामुण्डाबिन्द्रासैनी नगरपालिका ४ को साल्डाडा बस्ति समेत धरापमा परेको छ । सानो डाडामा साल्घारीको बिचमा अवस्थित १५ वटा घरहरु भएको उक्त बस्तिमा पहिरो जान थालेपछि नागरिकहरु त्रसित भएका छन । आकासमा वादल आउनासाथ उनिहरुको सातोमात्र जाँदैन कतिबेला पहिरोको सिकार हुनुपर्ने हो भन्ने चिन्तामा निन्द्रामा निदाउन र भोकमा खान समेत नसक्ने उनिहरुको भनाई रहेको छ ।

उक्त बस्तिको पहिरो र चिरुवाखोला खेतमा भएको क्षतिको स्थानिय जनप्रतिनिधिहरु र सरोकारवालाहरुबाट अवलोकन गरिएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका ४ र ५ का जनप्रतिनिधिहरुले स्थानिय राजनैतिक दलका प्रतिनिधिहरु र स्थानियबासी सहित गरिएको अनुगमनको क्रममा भएको क्षतिको राज्यस्तरबाट आवश्यक मुल्यांकन गरि राहत उपलव्ध गराउनुका साथै जोखिमयुक्त बस्तिको समेत स्थानान्तरण हुनुपर्ने बताएका छन ।

यसरी राज्य स्तरबाट आवश्यक गुरुयोजना बिना मनपरि बनाइएका सडकले विकास होइन वर्षेनी विनास निम्त्याईरहेका छन । अव्यवस्थित सडकका कारण कतै बाढीपहिरो त कतै खेतियोग्य जमिन बगरमा परिणत हुदाँ नागरिकहरुले सास्ति व्यहोर्नु परिरहेको छ । तसर्थ यतिबेला लागेको घाउले भोलि क्यान्सरको रुप लिन नपावस भन्नका लागि राज्यस्तरबाट आवश्यक औषधि उपचार गर्नुको विकल्प छैन ् ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।