२०८१ पुष ११ बिहीबार
२०८१ पुष ११ बिहीबार

श्री सरस्वति कृषि वहुमुखी कृषि सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न…

२२ मंसिर २०८१
दैलेखको दुल्लु नगरपालिका ५ मा रहेको श्री सरस्वती वहुमुखी कृषि सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । दुल्लु नगरपालिकाको वडांनं.४,५,७ र ८ मा कार्यक्षेत्र रहेको सहकारी २०६४ मा स्थापना भएको र यतिबेला सहकारीमा करिब १७२ जना सेयर सदस्यहरु रहेका छन । कृषि क्षेत्रको विकास संगै किसानहरुको जिवनस्तर माथि उकास्नका लागि स्थापना भएको यस सहकारी संस्थाको आफ्नै भवन लगाएत भौतिक स्रोत साधन रहेका छन ।
आज भएको उक्त साधारण सभाको अवसरमा संस्थाको यतिबेला सम्मको आर्थिक भौतिक देखि आयव्यय प्रतिवेदन संस्थाका व्यवस्थापक हरि रिजालले प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरिएको छ । उक्त वार्षिक साधारणसभाको अवसरमा बोल्दै प्रमुख अतिथि दुल्लु नगरपालिका सहकारी शाखा प्रमुख रत्न बहादुर खड्काले सहकारीको विगत देखि वर्तमान सम्मको स्थिति सन्तोषजनक भएको भन्दै कृषि क्षेत्रको विकास र किसानहरुका लागि लक्षित यस सहकारीले आर्थिक गतिविधिमा चुस्त दुरुस्त राख्दै प्रवाह गरिएको ऋण असुल तर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोडद दिनुभयो ।
कार्यक्रममा संस्थाका पुर्व सचिव गणेश प्रसाद उपाध्याय लगाएत प्रवुद्ध व्यक्तीत्वहरुले शुभकामना दिनुका साथै स्वागत मन्तव्य भागवत हमालले गर्नुभएको थियो ।
साधारण सभा सहकारीका अध्यक्ष कमल प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।