दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष ३,२०८१
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सोसेक नेपाल द्धारा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सञ्चालित सहयात्रा तेस्रो परियोजनाको वार्षिक समिक्षा गोष्ठि तथा परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न भएको छ । सामाजिक सेवाको क्षेत्रमा विभिन्न क्षेत्रमा क्रियासिल सोसेक नेपालद्धारा सञ्चालित सहयात्रा तेस्रो परियोजना मार्फत चामुण्डाबिन्द्रासैनी नगरपालिका भित्रका विद्यालयको शैक्षिक र भौतिक सुधारका विभिन्न कामहरु भइरहेका छन ।
परियोजनाको वार्षिक समिक्षाको अवसरमा जनप्रतिनिधिहरु र सरोकारवालाहरुको विभिन्न समुह मार्फत परियोजना सञ्चालित विद्यालयहरुको अवलोकल र अनुगमन समेत गरिएको छ । परियोजनाले नगरपालिका क्षेत्रका दुर्गममा रहेका विभिन्न विद्यालयहरुमा विभिन्न भौतिक संरचनाहरुको निर्माण सँगै शैक्षिक सामाग्रीहरुको व्यवस्थापन समेत गरिएको छ ।
सहयात्रा परियोजनाको वार्षिक समिक्षाको अवसरमा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले हरेक व्यक्तीले गल्तिको महशुस गर्दा आफुबाट गर्नुपर्नेमा जोड दिदैँ परिवर्तनको काम पनि आफुबाट नै सुरुवात गरेको खण्डमा शुखी नेपाली संवृद्ध नेपालको परिकल्पना साकार हुने बताउनुभयो ।
यसै गरि परियोजनाको समिक्षाको अवसरमा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहीले परियोजनाले नगरपालिका क्षेत्रमा उल्लेखनिय प्रगति गरेको भन्दै परियोजनालाई आगामी दिनमा वडा देखी बस्ति सम्म सहयोगको आवश्यकता रहेकोमा जोड दिनुभयो ।