दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष ९,२०८१
स्थानिय लैंगिक हिंसा निवारण सञ्जाल गठन तथा पहिलो वैठक कार्यक्रम बिरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । सोसेक नेपालको मुख्य आयोजनामा सुर्खेतको बिरेन्द्रनगरनगरपालिकामा विभिन्न सरोकारवालाहरुसँग एक अन्तरक्रिया गर्दै बिरेन्द्रनगर नगरपालिका भित्र हुने विभिन्न लैंगिक हिंसा न्युनिकरणका लागि एक सञ्जाल गठनका लागि पहिलो वैठक समेत सम्पन्न भएको छ । बिरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको वैठकले स्थानिय स्तरमा हुने विभिन्न लैंगिक हिंसा न्युनिकरणको लागि आवश्यक नितिनियम बनाउने समेत निर्णय गरेको छ ।
वैठकको अवसरमा बोल्दै नगरपप्रमुख ढकालले सबैको साझा प्रयासले सबैखाले विभेदको अन्त्य गर्नसकिने बताउनुभयो
त्यसैगरि उक्त कार्यक्रमको अवसरमा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले लैंगिक हिंसा न्युनिकरणका लागि अभियान नै सञ्चालन गरेको भन्दै सबै सरोकार पक्षसँग कार्यहरु भइरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा योनिक तथा लैंगिक अल्पसंख्यकहरुको समेत सहभागिता रहेको थियो भने वैठकलाई सोसेक नेपालका बिनिता बोगटीले गर्नुभएको थियो ।