दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष १२,२०८१
दैलेखको ठाटिकाँध गाउँपालिकाका महिलाहरु यतिबेला आत्मनिर्भर बन्ने प्रयासमा छन । गाउँपालिकाले सोसेक नेपालसँगको सहकार्यमा एकहप्ते तालिम पाएपछि यतिबेला सामुहिक रुपमा अगरबत्ति बनाउनेतर्फ लागिपरेका छन । ग्रामिण क्षेत्रका एकल, दलित, विपन्न र वेसहारा महिलाहरु उक्त तालिमबाट लाभान्वित हुदैँ अगरबत्ति निर्माणबाट जिविकोपार्जनमा जोडिन सफल भएका हुन ।
गाउँघर र वरपर खेर जाने विभिन्न कच्चा पदार्थलाई प्रयोगमा ल्याउँदै शुभकार्य र अशुभकार्यमा दैनिक प्रयोग हुने अगरबत्ति निर्माण गर्दै आयआर्जन गर्नेतर्फ ठाटिकाँधका महिलाहरु अग्रसर बनेका छन । विगतका दिनहरुमा बजार क्षेत्रको अगरबत्ति प्रयोग गर्दै आएको भएपनि यस भन्दा पछि आफैले निर्माण गरेको अगरबत्ति प्रयोग गर्नुका साथै बजार क्षेत्रमा समेत उपलव्ध गराउदै आम्दानीको बाटो बनाउने अगरबत्तिमा उद्यमशिल महिलाहरु बताउँछन ।
ग्रामिण क्षेत्रका महिलाहरुलाई आयआर्जनको बाटोमा जोड्दै उनिहरुलाई उद्यमशिल बनाउने क्षेत्रमा तालिमले फलदायि भुमिका खेलेको भन्दै ठाटिकाँध गाउपालिका उपाध्यक्ष देविराम बडुवालले हरक्षेत्रमा प्रयोग हुने धुप अगरबत्ति निर्माणका लागि गाउँपालिकाले समेत आवश्यक सहयोग गर्ने बताउनुभयो ।
उक्त अगरबत्ति तालिमका सहभागि उद्यमीहरुलाई प्रमाणपत्र वितरणको अवसरमा तालिम प्रदायक सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले सबै महिला उद्यमीहरु संगठित भएर काम गरेको खण्डमा तालिम फलदायि हुने भन्दै उद्योगका रुपमा अगरबत्ति र धुप उत्पादन गर्दै विभिन्न बजारक्षेत्रमा पुगाउनमा थप सहयोग गर्न तयार रहेको बताउनुभयो ।
तालिमका सहभागि महिलाहरुले अगरबत्ति उत्पादनका लागि अन्य कच्चा पदार्थहरु गाउँघरबाट निर्माण गरिने भएपनि बाँसबाट सिन्का बनाउनका लागि मेसिन सहयोगका लागि गाउँपालिकासँग माग गरेका छन । तालिम प्रशिक्षक कल्पना विसीले तालिमका सहभागि उद्यमी महिलाहरुलाई मेहनेत गर्नुपर्नेमा जोाड दिदैँ प्रयाप्त मात्रामा सामाग्री उत्पादन गरेको खण्डमा बजार व्यवस्थापनको जिम्मा आफुले समेत लिन तयार भएको बताउनुभयो ।