२०८१ पुष १४ आईतवार
२०८१ पुष १४ आईतवार

दैलेखमा “शसक्त महिला संवृद्ध नेपाल” कार्यक्रमबाट सकारात्मक उपलव्धी

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष १३,२०८१

जहाँ शिक्षा छ त्यहाँ अशिक्षा पनि छ अनि समानताका देखावटी छायाँभित्र लुकेर रहेका विभिन्न असमानताका खाडलहरुले धेरैलाई दुर्घटना समेत गराइरहेको हुन्छ । शिक्षित समाज र चेतना भएका मानिसहरुबाटै विभिन्न हिंसा र भेदभाव लगाएत कुरिति कुसँस्कार भइरहेका तथ्यहरु विद्यमान समाजमा ताजै छन जुन जरा गाडेरै बसेका छन ।
ति कुरिति कुसँस्कार अन्धविस्वासहरुलाई मेट्न र समाज रुपान्तरणका लागि धेरै संघसंस्थाहरुले काम गरिरहेको भएपनि सोसेक नेपालको “शसक्त महिला संवृद्ध नेपाल” कार्यक्रम यतिबेला विभिन्न जिल्लाहरुमा प्रभावकारी बन्दै गइरहेको छ । कार्यक्रमबाट दैलेख सदरमुकाम समेत रहेको नारायण नगरपालिकाको विभिन्न वडाहरुमा यतिबेला भएको परिवर्तनलाई सकारात्मक रुपमा लिन सकिन्छ । नारायण नगरापालिका को विभिन्न विद्यालयहरुमा किशोरकिशोरी रुपान्तरण कक्षा र तिनका अभिभावकहरुलाई अभिभावक कक्षाबाट यतिबेला आशालाग्दो परिवर्तन र समाज साच्चिकैल रुपान्तरण भएको छ ।
विभिन्न विद्यालयका किशोरकिशोरीहरु यतिबेला व्यक्तीगत आनिबानी देखि घरायसी व्यवहार र विभिन्न कुराहरुमा परिवर्तन गर्दै खुलेर बोल्न सक्ने भएका छन भने समाज रुपान्तरको एक खम्बाको रुपमा अग्रसर भएको उनिहरुको भनाईबाट प्रष्ट हुन सकिन्छ ।

“शसक्त महिला संवृद्ध नेपाल” कार्यक्रमले विद्यालय क्षेत्र र त्यहाँका किशोरकिशोरीहरु मात्र होइन उनिहरुका अभिभावकहरु समेत सक्षम भएका छन । उनिहरुबिच सञ्चालित अभिभावक कक्षा परिवारिक संवाद मार्फत उनिहरुको व्यवहार समेत परिवर्तन भएको छ । परिवार र समाजमा आफुले गर्नुपर्ने जिम्मेवारीवोध एकातिर भएको छ भने अर्कोतिर समाजलाई पछाडी पार्ने विभिन्न कुरिति कुसँस्कारहरु जस्तै जातिय छुवाछुत , महिनावारी, छाउपडि लगाएत अन्य हिंसाको बारेमा खुलेर बोल्न सक्नुका साथै अग्रसर भएको अभिभावकहरुको भनाई रहेको छ ।

त्यसो त कार्यक्रले पारेको सकारात्मक प्रभाव र भएको उपलव्धीलाई स्थानिय तहले पनि स्विकार गरेको छ । नारायण नगरपालिकाले कार्यक्रम सिमित क्षेत्रमा मात्र नभएर अन्य वडाहरुमा पनि लागु गर्नुपर्नेमा जोड दिएको छ । नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुर बुढाले अभिभावकहरुसँगको बसाईको क्रममा कार्यक्रमको आवश्यकता महशुस गर्दै “शसक्त महिला संवृद्ध नेपाल” कार्यक्रमबाट भएको समाज रुपान्तरण एक उपलव्धीका रुपमा भएको बताउनुभयो ।

यता “शसक्त महिला संवृद्ध नेपाल” कार्यक्रम सञ्चालन गरिरहेको सोसेक नेपाल दैलेखले पनि
कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको भन्दै खुशी व्यक्त गरेको छ । पिछडिएको समाज रुपान्तरका लागि “शसक्त महिला संवृद्ध नेपाल” कार्यक्रम एक कोशेढुंगा भएको र नाम जस्तै काम अनि उपलव्धी भएको कार्यक्रम व्यवस्थापक पदमराज जोशीको भनाई रहको छ ।

“शसक्त महिला संवृद्ध नेपाल” कार्यक्रमले नारायण नगरपालिका क्षेत्रमा गरेको उपलव्धीबाट अन्य संघसंस्थाहरुलाई पनि समाज सुधारको क्षेत्रमा कार्यक्रम लागुगर्न सन्देश दिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।