दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष २२,२०८१
दैलेखको दुल्लु नगरपालिकाको १६औँ नगरसभा एवं नगरअधिवेशन आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । हिउँदे अधिवेशनको रुपमा विधिवतरुपमा उद्धघाटन भएको उक्त नगरसभा विविध छलफल सहित आवश्यक विनियोजन विद्येयक सहित महत्वपुर्ण योजनाहरु संशोधन सहित सम्पन्न भएको छ ।
दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले उद्धघाटन गर्नुभएको उक्त नगरसभामा युवा निति लगाएत कर्मचारी नियुक्तीको ओएनएम निति समेत नगरसभाबाट पारित गरिएको छ । नगरसभामा आर्थिक विनियोजन ऐन , युवा निति, सामाजिक विकास समिति प्रतिवेदन, लेखा प्रतिवेदन, भौतिक पुर्वाधार प्रतिवेदन लगाएत विद्येयक माथी वृहत छलफल गर्दै उठेका सवालहरुमाथी नगरप्रमुख रिजालले जवाफ दिनुभएको थियो ।
हिँउदे अधिवेशन एवं नगरसभामा नगरउपप्रमुख बिना कार्कीले आर्थिक विनियोजन ऐन र नगरपालिका कार्यपालिकाबाट शंसोधन गरिएका महत्वपुर्ण योजनामाथीको बजेट प्रस्तुत गर्नुभएको थियो ।
नगरसभाको अवसरमा बोल्दै प्रमुख प्रशासकिय अधिकृत तिलक विकले नगरसभा एवं अधिवेशनको क्रममा खर्च नहुने योजनाहरुलाई शंसोधन मार्फत अघि बढाइएको भन्दै विभिन्न ऐन र विद्येयकहरु पारित गरिएको बताउनुभयो ।
नगरसभाको समापन पश्चात बोल्दै नगरप्रमुख भरत प्रसाद रिजालले नगरपालिकाको १६औँ नगरसभा सव्य र भव्यरुपमा सम्पन्न भएको भन्दै शंसोधित बजेट लगाएत युवा जागरणका लागि युवा निति लगाएत सेवा प्रवाहका लागि समेत विद्येयक पारित गर्नुका साथै दुल्लु अस्पताललाई प्रदेश मातहतमा लिने काम भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।