दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष २६,२०८१
दैलेखको गुराँस गाउँपालिकाको १५औँ गाउँसभा एवं अधिवेशन आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । हिउँदे अधिवेशनको रुपमा गाउँपालिका अध्यक्ष श्री टोप बहादुर बिसीले विधिवतरुपमा उद्धघाटन भएको उक्त गाउँसभा विविध छलफल सहित आवश्यक आर्थिक विनियोजन विद्येयक सहित महत्वपुर्ण योजनाहरु संशोधन सहित सम्पन्न भएको छ । गाउँसभामा उपाध्यक्ष शिवा कुमारी खड्काले आर्थिक विनियोजन ऐन लगाएत गाउँपालिकाको शंसोधिन बजेट प्रस्तुत गर्नुभएको थियो ।
………शिवा कुमारी खड्का उपाध्यक्ष ,गुराँस गाउँपालिका दैलेख………
गाउँसभाको अवसरमा गाउँसभा सदस्यहरुले वडाभित्रका महत्वपुर्ण योजना , आवश्यकता र विषयवस्तुहरुलाई उठान गर्दै संवृद्ध गुराँसको योजनालाई आगामी दिनमा अघि सार्नुपर्नेमा जोड दिएका छन भने विभिन्न समितिका संयोजकहरुले आ—आफ्नो समितिको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका छन । गाउँसभामा विगत १४औँ गाउँसभाबाट अघि सारिएका महत्वपुर्ण विषयबस्तुहरुलाई आवश्यकता अनुसार परिमार्जन गरिएको छ भने गाउँकार्यपालिकाबाट तय भएका ऐन कानुन र विद्येयकहरुलाई समेत पारित गरिएको गाउँपालिका अध्यक्ष टोप बहादुर बिसीले जानकारी गराउनुभयो ।
…….टोप बहादुर बिसी अध्यक्ष, गुराँस गाउँपालिका दैलेख………..
गाउँसभा समापन पछि संक्षिप्त प्रतिक्रिया दिदैँ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले गाउँसभा सौहार्द वातावरणमा सर्वसम्मत सम्पन्न भएको भन्दै वडास्तरबाट आएका योजनाहरुलाई आवश्यकताको आधारमा परिमार्जन गरिएको भन्दै चालु र पुजिगत बजेट समेत आवश्यकताका आधारमा खर्चहुने बताउनुभयो ।
……दिल बहादुर पौडेल प्रमुख प्रशासकिय अधिकृत गुराँस गाउँपालिका दैलेख……