२०८२ बैशाख १३ शनिबार
२०८२ बैशाख १३ शनिबार

सोसेक नेपालको सहयोगमा थारु समुदायका महिलाहरु उद्यमतिर आकर्षित……..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
४ चैत्र,२०८१

पहाडमा पिछडिएको दलित समुदाय जस्तै तराँई क्षेत्रमा थारु जाति पनि एक पिछडिएको जातिको रुपमा लिइन्छ । कृषि,ज्याला मजदुरी लगाएत विभिन्न शिप बेचेर जिविकोपार्जन गर्ने उनिहरु यतिबेला जनजातिको रुपमा समेत स्थापित छन ।

कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतको पश्चिम फलाँटे बस्तिका थारु समुदायका महिलाहरु यतिबेला विभिन्न उद्यमतिर आकर्षित भएका छन । बिरेन्द्रनगर नगरपालिका, वडा र सोसेक नेपालको संयुक्त प्रयासमा त्यस क्षेत्रको समुदायका महिलाहरुलाई अगरबत्ति बनाउने तालिम, तरकारी व्यावसाय, च्याउखेती लगाए गड्यौला मल उत्पादन देखी पशुपालन र विभिन्न आयआर्जनका शिपहरुमा तालिम तथा सहयोग पश्चात उनिहरु यतिबेला हौसिएका छन । उनिहरु सामुहिक रुपमा अगरबत्ति बनाउदैँ बजार क्षेत्रका पशलहरुमा पुगाउनुका साथै गरिएको लगानी र प्रतिफलको हिसाबकिताब समेत गर्छन भने सामुहिक रुपमै तरकारीखेती, च्याउखेती गर्दै बजार क्षेत्रमा पुगाउँछन । अर्कोतर्फ उनिहरु गड्यौला खेति गर्दै त्यसबाट उत्पादित मल तरकारी खेतिमा प्रयोग गर्छन र मनग्य लाभ लिन सफल भएका छन । घरबाट बाहिर निस्केर आफ्नो परिचय समेत दिन लजाउने उनिहरु यतिबेला तालिम पाएसँग बोल्न र मनका कुरा खोल्दै आयआर्जनबाट घरपरिबार समेत चलाउन सक्ने भएको प्रति खुशी व्यक्त गर्छन ।

त्यसो त यतिबेला उनिहरुलाई बिरेन्द्रनगर नगरपालिका वडा नं. २ कार्यालयले समेत तालिम लगाएत उद्यमी बन्नलाई विभिन्न सहयोग गरेको छ । सोसेक नेपालसँग हातेमालो गर्दै उनिहरुलाई प्रदान गरिएको तालिमले नमुना बस्तिको रुपमा थारुसमुदायलाई परिवर्तन मात्र गरेको छैन आयआर्जनमा समेत खुशीलाग्दो उपलव्धी प्रति वडाध्यक्ष गज बहादुर बुढा आशावादी देखिनुहुन्छ ।

यता सोसेक नेपालले समेत पिछडिएको थारु समुदायका महिलाहरुलाई प्रदान गरिएको तालिमले उनिहरुलाई आफ्नो पहिचान स्थापित गराउर्दै उद्यमी समेत बन्न सिकाएको बताएको छ । विगतमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्न वाध्य चौधरी समुदायका महिलाहरु यतिबेला विभिन्न उद्यमबाट उत्पादित बस्तुलाई पालिकासँगको सहकार्यमा बजारीकरण गर्न सकेको खण्डमा आन्तरिक आयमा समेत वृद्धि गर्न सकिने सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाको भनाई रहको छ ।

यसरी राज्यको नजरभन्दा बाहिर रहेको बस्तिमा गरिएकोल लगानीले पाएको उपलव्धिले त्यस क्षेत्रका महिलाहरुलाई आयआर्जन तर्फ उन्मुख गराएको छ भने अर्कोतर्फ उनिहरुको उत्पादनलाई कुनै पहिचानसँग जोड्न सकेको खण्डमा सिंगो पालिकाको नाम समेत उच्च हुनेमा दुइमत छैन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।