दिपेन्द्र कार्की बस्ताकोटी दैलेख
१२ असार २०८२

दैलेखको भैरबी गाउँपालिकामा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । बजारक्षेत्रमा भुस्याहा कुकुरको संख्या बढ्दैै गईरहेको सन्दर्भमा कुकुरको टोकाइबाट रेबिज रोग लाग्न बाट बच्नको लागि कुकुरको जनसंख्या नियन्त्रण गर्ने उदेश्यका साथ सामुदायिक तथा निजी कुकुर बन्ध्याकरण शिविर असार १० र ११ गते भैरवी गाउँपालिकामा सम्पन्न भएको छ । उक्त शिबिरमा घर पालुवा तथा छाडा कुकुरहरुको बन्ध्याकरण गरिएको छ । शिविरको क्रममा ७६ वटा कुकुरहरू मध्ये भाले कुकुर ४७ र पोथी कुकुर २९ वटालाई बन्ध्याकरण सेवा प्रदान गरिनुका साथै प्रत्येक कुकुरलाई रेबिज रोग विरुद्ध खोप पनि लगाइएको भैरवी गाउँपालिका पशु शाखा प्रमुख डा. रंजन सिंह कुशवाहाले जानकारी गराउनुभयो ।
