२०८१ कार्तिक २४ शनिबार
२०८१ कार्तिक २४ शनिबार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण २८, २०८१

स्थापनाको करिब २७ वर्षसम्म महिला, वालवालिका, अपांग, विपन्न, सिमान्तकृत, राउटे, कुसुन्डा लगाएत अल्पसंख्यकको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै उनिहरुको पक्षमा काम गर्दै आएको सोसेक नेपालले विकासनिर्माणका क्षेत्रमा समेत आएको छ । सोसेक नेपालले देशका विभिन्न १० जिल्लाहरुमा करिब ३३ वटा परियोजनाहरु मार्फत अशिक्षा, अज्ञानता, कुरिति कुसँस्कारका विरुद्ध जागरण र चेतनामुलक कार्यक्रम बाट आफ्नो पहिचान समेत बनाएको छ ।
यि कामहरु सँगै यतिबेला सोसेक नेपालले डिसिएको आर्थिक सहयोगमा जलवायु परिवर्तनबाट हुने क्षति अध्ययन गर्दै यसको न्युनिकरणका क्षेत्रमा समेत काम गर्ने योजनाका साथ कार्ययोजना अघि बढाएको छ । जलवायु परिवर्तनबाट हुने हानि र क्षति अध्ययनका लागि कर्णाली प्रदेश स्तरिय गोष्ठि सुर्खेतमा सम्पन्न गरेको छ । कर्णाली प्रदेश अन्तरगत सरोकारवाला मन्त्रालयका सचिवहरु लगाएत कर्मचारीहरु सहित आगामी दिनमा गर्ने कार्ययोजना निर्माणका लागि गोष्ठि सञ्चालन गरेको हो ।
जलवायु परिवर्तनबाट पहाडमा खडेरी पहिरो र तराईमा बाढि जस्ता विपत्तिबाट वर्षेनि हजारौँले ज्यान गुमाउनुका साथै लाखौको धनजनको क्षति व्यहोर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै त्यसको न्युनिकरणका लागि सोसेक नेपालले वृहत अध्ययनको तयारी गरेको छ ।

सोसेक नेपालले पहाडमा खडेरी र पहिरो बाट हुने क्षतिका साथै त्यसको प्रत्यक्ष असर तराईका जिल्लाहरुमा बाढिबाट पर्ने भएकाले जलवायु परिवर्तनबाट पर्ने प्रभाव असर क्षति र हानि मुल्यांकनकालागि विभिन्न कार्ययोजना निर्माणका लागि कर्णाली प्रदेश स्तरिय प्राविधिक सल्लाहकार समिति समेत गठन गरिएको छ ।

सोसेक नेपालले जलवायु परिवर्तनबाट हुने हानि र क्षतिको सन्दर्भमा बाढिको लागि बर्दिया जिल्लाको गुलरिया नगरपालिका र पहिरो तथा खडेरीको लागि दैलेखको दुल्लु नगरपालिकामा विभिन्न कार्यक्रम गर्ने समेत कार्ययोजना तयार गरेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले जानकारी गराउनुभयो ।

 

जुनकिरिको आस ।
अंध्यारो गाउँ ।कालो अक्षर भैंसी बराबर ।
चुलो चौको बितेका विगत ।मरेका रहरले गर्ने कालापहाडको यात्रा चलेकै थियो जिन्दगी । विवाहमा रिन लाग्यो कालापहाड ,
पितृको काजकृया सकियो कालापहाड ,
छोरिको बिहेपछी कालापहाड ,
उतिबेलादेखीको नियती थियो हिउमा पुरिनु र हराउनु
पुर्वमा जन्मेको भय सहिद भईन्थ्यो ,
पश्चिममा जन्मेर कालापहाडमै अस्तु हरायो,
बर्षको कम्तिमा आधा समय देशै कालापहाडे भेषै कालापहाडे।
प्यारो पनि छ रहर पनि छ कालापहाडमै रमाउने र हराउने पनि छ ।
५ बर्षमा कालापहाडे घर आउछ, बरु दशैं बिर्सन्छ।
निर्वाचन सम्झन्छ । आफुलाई केही माग्दैन सुटुक्क आउँछ खुव सम्मानकासाथ मतपेटिका भर्छ ,
उसको मतले विजय गरेपनी ,
उसमा जोस छैन किनकी कालापहाडेले अर्को कालापहाडे बनायो ।
जो ५ बर्ष रमाउने गाउबाट टाढिने ।
यसपाली फरक बन्यो म्यासेन्जरमा कल , म्यासेजको ओईरो छ ।
शुभकामना शुभकामना खुशि र हर्षका भाव ,
एउटा जुनकीरी उदायो कालापहाडेका गाउबाट ।
गरिवीको अभिमतबाट ।
बस यहि चाहना छ ।
यो कालापहाडेलाई जुनकिरीको उज्यालोसंगै सन्तानको भविष्य दौडाउने ।
कालापहाडको अन्त्य गर्ने ।
कालापहाडेको गाउबाट उदायको जुनिकिरी हौ तिमी ,
तिमी प्राकृतिक छौ कसैले तिम्रो चम्किने बत्ती निभाउन सक्ने छैनन्।
तिमी चम्किरहनु त्यही उज्यालोको सहारामा मेरो गाउँ कालापहाडको दर्दनाक पिडाबाट मुत्त हुनेछ ।
अब तिम्रै आस छ ।जुनकिरीको आस ।

कवि स्यामसुन्दर गिरी ,नेपाली लेखक संघ दैलेखको संयोजक हुनुहुन्छ ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण २८, २०८१

भेदभाव सम्बोधन तथा पोषण,स्वच्छता, सामाजिक न्यायिक प्रर्वद्धन वालिका शसक्तिकरण Girls Matters परियोजनाले आफ्नो वार्षिक समिक्षा लगाएत सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युनिसेफको आर्थिक सहयोगममा सोसेक नेपालद्धरा सञ्चालित वालिका शसक्तिकरण Girls Matters परियोजनाले सुर्खेत र दैलेख जिल्लाका २ पालिकाहरुमा विभिन्न कार्यक्रम गर्दै आइरहेको सन्दर्भमा कार्यक्रमको उपलव्धीका सन्दर्भमा समिक्षा गर्दै गरिएका कामहरुको सामाजिक परिक्षण समेत गरिएको छ ।
सुर्खेत जिल्लाको चौकुने गाउँपालिका र दैलेखको दुल्लु नगरपालिकामा सञ्चालित परियोजनाको वार्षिक समिक्षा र सामाजिक परिक्षणको क्रममा पश्चिम नेपालमा व्याप्त छाउपडि, बालविवाह, वहुविवाह लगाएत कुरिति र कुसँस्कारका क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत जनचेनामुलक कार्यक्रमका साथै विकासनिर्माण, सरसफाई र पोषण एवं स्वच्छताका क्षेत्रमा काम गर्दै उल्लेख्य उपलव्धी हासिल समेत गर्दै आइरहेको कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
विगत लामो समयदेखि युनिसेफको आर्थिक सहयोगमा सोसेक नेपालद्धारा सञ्चालित वालिका शसक्तिकरण परियोजना मार्फत सुर्खेत जिल्लाको सबैभन्दा पच्चिममा रहेको चौकुने गाउँपालिकाको १० वटा वडाहरु र दुल्लु नगरपालिकाको १३ वटा वडाहरुमा रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेको छ । जुन कार्यक्रमले किसोरिहरु मार्फत समाजमा विद्यमान समग्र कुरिति र कुसँस्कारका क्षेत्रमा सञ्चालित कार्यक्रम प्रभावकारी बन्न पुगेको कार्यक्रम सञ्चालित दुल्लु नगरपालिका तथा चौकुने गाउँपालिकाले प्रस्ट पारेका छन् ।
परियोजना समिक्षाको क्रममा बोल्दै चौकुने गाउँपालिका सुर्खेतका उपाध्यक्ष नर बहादुर बान्तोलाले परियोजनाको रुपान्तरण कार्यक्रम मार्फत समाज नै रुपान्तरण भएको आभाष भएको र आगामी दिनहरुमा समेत कार्यक्रम थप सञ्चालन गर्नुपर्ने आवश्यकता महशुस गरेको बताउनुभयो ।
त्यसै गरि दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले परियोजनाको समिक्षा र सामाजिक परिक्षणको क्रममा बोल्दै दुल्लु परिवर्तनमा किशोरीहरु मार्फत रुपान्तरणको कक्षा धेरै महिला र किसोरीहरुमा सञ्चालित हुनु समग्र रुपान्तरण र परिवर्तन भएको भन्दै सबैको हातेमालो जरुरी भएकोमा जोड दिनुभयो।

परियोजनाको समिक्षाको क्रममा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले समेत दुल्लु नगरपालिका र चौकुने लगाएत पश्चिम क्षेत्रमा व्याप्त कुरिति र कुसँस्कारका विरुद्ध छोटो समयमा समेत सञ्चालित परियोजना र कार्यक्रमले सफलता प्राप्त गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
बाइट ः हिरासिंह थापा कार्यकारी निर्देशक सोसेक नेपाल
परियोजनाको कार्यक्रमले आगामी दिनहरुमा थप १७ महिना निरन्तरता पाउने समेत समिक्षाको क्रममा बताइएको छ ।

 

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण २३, २०८१

सुर्खेत जुम्ला कर्णाली राजमार्ग नजिकै दैलेखको दुल्लु नगरपालिका १ मा रहेको यो नमुना बादी बस्ति फरक पहिचानको एक बस्ति हो । टाढै बाट हेर्दा मिलेका एकै किसिमका चिटिक्क परेका घरहरु हेर्दै आकर्षक र मनमोहक देखिन्छन् । जुन एक नमुना बस्तिको रुपमा परिचित छ र त्यसै अनुरुप नामाकरण पनि गरिएको छ । जुन बस्ति अल्पसँख्यक , लोपउन्मुख र पिछडिएको जातिको रुपमा रहेको बादी समुदायको बस्ति हो ।
बाहिरबाट हेर्दा बस्ति साच्चिकै नमुना छ तर त्यसको पिँडा र मर्म भने त्यँहा पुग्नेलाई मात्र थाह छ । करिब ८÷१० वर्ष अघि उक्त बस्ति कर्णाली राजमार्गसँगैको लोहोरेखोलाको किनारामा थियो । खोलाको भेलले बस्ति बगरमा परिणत गरेपछि नेपाल सरकारको जनता आवास मार्फत करिब ३० वटा घरहरु निर्माण भएसँगै विस्थापित बादी समुदायलाई त्यहाँ स्थानान्तरण गरिएको हो ।
नमुना बस्ति भन्दै अल्पसँख्यक , लोपउन्मुख र पिछडिएको जातिको रुपमा रहेको बादी समुदायको बस्ति बसाएपनि उनिहरुका लागि कुनै जिवन जिउने आधारको खोजि गरिएन । खोला किनारामा बसेर माछा मार्ने साथै सडकमा भेटिएको काम गरेर गुजारा चलाउने उनिहरुलाई बस्तिका कोरा घरहरुले पेट भरिएन । बादि समुदायसँग यतिबेला पनि जिउ लुकाउने २ कोठाको त्यो घर बाहेक कुनै जमिन जग्गा, रोजगारी र हातमुख जोर्ने उपाय समेत छैन ।
फलस्वरुप बादी बस्तिका धेरै मानिसहरु पुनः सोहि खोला किनारामा बस्न वाध्य भए भने कतिपयले घर छोडेर भारतमा काम गर्न पलाएन समेत हुनु पर्यो । यतिबेला ति घरहरु मध्ये केहि घरहरु मानिस नै नबसेर जिर्ण बन्दै गएका छन भने ति घरहरु केटाकेटिको खेल्ने र शौचालय गर्ने स्थानको रुपमा परिणत हुदै गइरहेका छन ।
बाहिरबाट झट्ट हेर्दा बस्ति शुन्दर देखिएपनि खानेपानी शौचालय लगाएत आवश्यक व्यवस्थापनका कारण कुरुप बन्दै गइरहेका छन ।
यतिबेला सोसेक नेपाल मार्फत दुल्लु नगरपालिका सँगको सहकार्यमा उक्त बस्तिमा खानेपानी लगाएत शौचालयको व्यवस्थापनको काम भएको छ । सोसेक नेपालको हेल्वेटास ,युनिसेफ र न्ष्चकि mबततभचक परियोजना मार्फत अन्य व्यवस्थानका कामहरु भएसँगै उक्त बस्तिको मुहार परिवर्तन भएको छ । जसप्रति स्थानिय अल्पसँख्यक , लोपउन्मुख र पिछडिएको जातिको रुपमा रहेको बादी समुदायका मानिसहरुको दैनिकि समेत बदलिन सुरु भएको छ । पहिले सुंगुर बंगुर पालेर बस्ति एकातिर फोहोर हुने गरेको थियो भने यतिबेला चौतर्फी सफा देखिन थालेको छ । त्यतिमात्र होइन दिसापिसावको लागि शौचालयको समेत व्यवस्थापन नहुँदा बस्ति दुर्गन्धित हुने गरेकोमा यतिबेला शौचालय सँगै खानेपानिको व्यवस्थापन भएको भन्दै बादि समुदायका मानिसहरु खुशी भएका छन ।
बादी समुदायका अगुवा देविसरा बादी भन्नुहुन्छ “ हामी जंगलमा दिसापिसाव गर्न जान्थेउँ, यतिबेला खानेपानी, शौचालय बन्यो खुशी छौँ, अलिअलि तरकारी समेत लगाउन थालेका छौँ, त्यति हो यहि आफ्नो घर आफ्नो नाममा छैन दुःखको कुरा यति छ ।”
यता बसन्ति बादीको खुशी पनि कम छैन । उहाँ भन्नुहुन्छ “ हामी अहिले सम्म खोलाको पानि खान वाध्य थियौँ, जसका कारण धेरै मानिसहरु ,बालवालिकाहरु पनि बिरामी परे, अहिले शौचालय बन्यो, पानि आयो, खुशी छौ बस्ति सफा छ ,यहि हो हाम्रो प्रगति र परिवर्तन ।”
सोसेक नेपालको हेल्वेटास, युनिसेफ लगाएत न्ष्चकि mबततभचक परियोजना मार्फत शौचालय र लगाएत धारा निर्माण गरिएको र यतिबेला पहिलेको भन्दा परिवर्तन गर्न सफल भएको सोसेक नेपालले जनाएको छ । बस्तिका सबै घरहरुमा स्थायित्व बसोबास नभएको कारण सबै घरमा शौचालय र धारा निर्माण नभएपनि मानिसहरु बस्ने घरमा काम सम्पन्न गर्न सकेको प्रति शोसेक नेपाल न्ष्चकि mबततभचक परियोजनाका इन्जिनियर डम्बर कुमार केसि खुशी व्यक्त गर्नुहुन्छ । “ हामीले यस बस्तिमा पन्ध्रवटा शौचालय नयाँ र पाँच वटा शौचालय मर्मत गरेका छौँ भने करिब २२ वटा खानेपानी धारा निर्माण गरेका छौँ , यतिबेला बस्ति नै परिवर्तन भएको आभाष गरेका छौँ, विगतको भन्दा बादी समुदायको जीवनस्तर सुधार भएको अनुभव गर्न पाएका छौँ, यहि हो हाम्रो प्रगति , हामी सन्तोष छौँ ।”

यसरी दलित विपन्न, अल्पसंख्यक, पिछडिएका र लोपउन्मुख जातिको रुपमा स्थापित बादी समुदायको बस्तिमा सोसेक नेपालद्धारा गरिएको लगानीले यतिबेला सार्थकता मात्र पाएको छैन कि वास्तविकता र आवश्यकता अनुसार काम समेत भएको छ । राज्य समेत निरिह भइरहेको समयमा एक संस्थाले आवश्यक कार्यनिति र रणनिति तय गर्दै गरेको उपलव्धि समेत तारिफ योग्य छ ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण २३, २०८१

कर्णाली क्षेत्रका मानिसका पिँडा र व्यथाहरु वर्षौदेखि जरा गाडेर बसेका छन । रोग भोग अशिक्षा मात्र होइन गरिबिबाट पिछडिएका उनिहरुका वाध्यता र विवसता पनि उस्तै छन । त्यसो त राज्यले पनि कर्णालीलाई गर्ने व्यवहार अझैँ बदलिन सकिरहेको छैन । जहाँ शिक्षा स्वास्थ्य, खानेपानी, सडक लगाएत विकास पुर्वाधारले छुन समेत सकिरहेको छैन ।
त्यस्तै एक क्षेत्र हो दैलेखको दुल्लु नगरपालिका १ नम्बर क्षेत्रको तल्लो डुंगेश्वर क्षेत्र । सुर्खेत जुम्ला कर्णाली राजमार्गसँगै रहेको त्यस क्षेत्रका नागरिकहरु पनि यतिबेलासम्म राज्यको सेवासुविधाबाट बञ्चित मात्र छैनन् शुद्धपिउने पानिको अधिकारबाट समेत बञ्चित छन् । जहाँ एकातिर कर्णाली नदि छ भने अर्कोतिर लोहोरे खोला छ । दुई खोलाको संगमस्थलमा भएर पनि उनिहरु पानिमाथिको ओभानो झैँ छन । सदाबहार रुपमा खोलाको पानि पिउन वाध्य उनिहरुले यतिबेला भने केहि परिवर्तनको आभाष गर्न थालेका छन ।
दलित बस्तिको रुपमा रहको उक्त क्षेत्रमा दुल्लु नगरपालिकाको सहजिकरणमा सोसेक नेपालको हेल्वेटास, युनिसेफ र गल्स मेटर परियोजनाद्धारा वृहत खानेपानी योजना सम्पन्न भएको छ । मिश्रित दलित समुदायको रुपमा रहेको बस्ति लगाएत बादी बस्ति र बजार क्षेत्रमा एकघर एक धारा अभियानले सार्थकता पाएसँगै त्यहाँका नागरिकहरुले आफुहरुका दिन बदलिएको अनुभुति गर्न थालेका छन । उनिहरुले वर्षोैदेखिको सपना साकार भएको भन्दै अब भने भोक लागेपनि पानीको तिर्खा मेटिने भन्दै खुशी व्यक्त गरेका छन् ।
खानेपानीको धारामा पानि भर्दै ५५ वर्षिय जैसरा दमाई भन्नुहुन्छ “ हामी अहिले सम्म यहि खोलाको पानी खाएर बाँचेका छौँ , खोलामा भेल आवस या बाढि आवस धमिलो पानी खानुको विकल्प थिएन, अब भने सोसेक नेपालले धारा बनाई दियो पानि ल्याई दियो, खुशी छौँ, नखाए पनि खाएजस्तै भएको छ, जय होस हजुरहरुको ।”
त्यसो त त्यसै समुदायका रिता परियारको खुशी पनि उस्तै छ । उहाँ भन्नुहुन्छ “ हुन त हामी दुई खोलाको बिचमा छौँ तर पनि ओभानो छौ, पानी जति पनि छ, खान मिल्ने पानी समेत छैन, यहि पानि खाएर आजसम्म गुजारा चलेको थियो , अब भने हामीले घरमै धारा आयो, मिटर राखेर पानि खानेपानी पाइएको छ , खुशी छौ ।”
एता सोहि समुदायमा बस्ने ६५ वर्षिय सेतु शाहीको खुशी पनि कम छैन । उहाँ भन्नुहुन्छ “ म त भन्न पनि जान्दैन हजुर, सोसेक नेपाल भन्छन्, पानी आयो घरमै धारा जोडेका छौँ , कर्णाली बगे पनि हाम्रो तिर्खा मेटिएको नाई ।”

तल्लोडुंगेश्वर बजार क्षेत्रबाट करिब पाँच किलोमिटरको दुरीबाट सञ्चालित भुवाचौर तल्लोडुंगेश्वर खानेपानी योजना सम्पन्न भएसँगै त्यसले पुर्णता र सार्थकता पाएको हो ।
२ वटा ठुला टयांकी निर्माणसँगै एक लाइनबाट बजारक्षेत्र र अर्को लाइनबाट दलित बस्तिमा खानेपानीको आपुर्ति गरिएको छ । जसबाट १०९ घरमा एक घर एक धारा अभियान सम्पन्न हुनुका साथै स्वच्छ खानेपानीको आपुर्ति गरिएको सोसेक नेपाल हेल्वेटास परियोजनाले जनाएको छ । वृहत गुरुयोजना मार्फत दुल्लुको खानेपानी समस्या समाधानको प्रयास भइरहेको भन्दै डुंगेश्वर क्षेत्रका नागरिकको खोलाको खानेपानी खानुपर्ने वाध्यतालाई मध्यनजर गर्दै करिब ७० लाखको लागतमा योजना सम्पन्न भएको सोसेक नेपाल अन्तरगत हेल्वेटास नेपालका फिल्ड संयोजक महेन्द्र अधिकारीले बताउनुभयो ।
यसरी सोसेक नेपालद्धारा दुल्लु नगरपालिकासँगको सहकार्यमा गरिएको वृहत खानेपानी योजनाले यस क्षेत्रका दलित समुदाय र बजारबासीको जिवनस्तरमा सुधार मात्र गरेकोे छैन पानीमा पौडिँदै गरेको कागाकुल अवस्थालाई समेत परिवर्तन गरिदिएको छ । कागजका पानाहरुमा कार्यक्रम तय गर्नुभन्दा बास्तविकतलाई मध्यनजर गर्दै गरिएको यस्ता विकासनिर्माणले परिवर्तनको आभाष गर्न पाउनु ठुलो उपलव्धि समेत हो ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण २२, २०८१

कर्णाली नदि र लोहोरे नदिको संगमस्थलमा कर्णाली राजमार्गसँगै रहेको दैलेखको दुल्लु नगरपालिका वडा नं. १ तल्लो डुंगेश्वर क्षेत्रका मानिसहरु यतिबेला पनि खोलाको पानी पिउन वाध्य भइरहेको समयमा सोसेक नेपालको Girls Matters परियोजना मार्फत उपभोक्ता तथा खानेपानी समितिका प्रतिनिनिधहरुलाई शुरक्षित पानि योजना निर्माण सम्बन्धि तालिम प्रदान गरेको छ । सोसेक नेपालद्धारा हेल्वेटासको आर्थिक सहयोगमा उक्त क्षेत्रमा खानेपानी योजना निर्माण गरेसँगै उक्त खानेपानी योजनालाई दीर्घककालिन रुपमा सञ्चालन गर्दै शुरक्षित पिउने पानिको अवधारणाको ज्ञानका लागि उक्त तालिम प्रदान गरिएको हो । राजमार्गसँगै रहेको बजार क्षेर र त्योसँगै रहेको दलित बस्तिहरुमा करिब १९० वटा धारा निर्माण गरिएपश्चात उक्त खानेपानी दुषित हुन नदिनका लागि उपभोक्ताहरु र खानेपानी समितिले निर्वाह गर्नुपर्ने जिम्मेवारी वहनका लागि तालिम फलदायि भएको सोसेक नेपालले जनाएको छ ।

तालिम ३ दिन सम्म सञ्चालन गरिएको छ । तालिममा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु लगाएत खानेपानी शुरक्षा समितिका प्रतिनिधिहरु सहभागि भएका छन । तालिममा सहभागि उनिहरुले विगतका दिनहरुमा खोलाको पानि पिउने गरेको भन्दै त्यो पानि समेत दुषित रहेको जानकारी समेत नपाएको अवस्थामा तालिम पश्चात आफुहरुले धेरै ज्ञान पाएको भन्दै खुशी व्यक्त गरेका छन ।

तालिम पश्चात सोसेक नेपाल द्धारा निर्माण गरिएको उक्त खानेपानी आयोजना समेत टिकाउ हुने अपेक्षा गरिएको छ ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण १९, २०८१

दैलेखको दुल्लु नगरपालिकाले नगरपालिका भित्रका क्षयरोगिहरुलाई पोषण पाकेट वितरण गरिएको छ । नगरपालिका भित्र रहेका र स्वास्थ्य संस्थाको सम्पर्कमा आई नियमित औषधि सेवन गरिरहेका क्षयरोगिहरुलाई आज एक औपचारिक कार्यक्रमका बिच पोषण पाकेट वितरण गरिएको हो ।
नगरपालिकाले १३ वटै वडाभित्र रहेका सबै क्षयरोगिहरुलाई पहिचान गर्दै दाल चामल, नुन, पिठो,तेल,अण्डा, बदाम लगाएत विभिन्न पोषण खाद्यबस्तुहरु वितरण गरेको हो । क्षयरोगका विरामीहरुले नियमित औषधि सँगै पोषिलो खाद्य बस्तु र परिकारहरु सेवन गरेको खण्डमा उनिहरुको रोगसंग लड्ने क्षमताका विकास भई क्षयरोगबाट मुक्त समेत हुने भन्दै पोषण पाकेट प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
क्षयरोगका विरामीहरुलाई पोषण पाकेट वितरणको क्रममा बोल्दै नगरप्रमुख भरत प्रसाद रिजालले जानकारीमा आएका सबै क्षयरोगका विरामीहरुलाई पोषण पाकेट प्रदान गरिएको भन्दै भोलिका दिनहरुमा समेत बानी पारेर नियमिता होस भनेर कार्यक्रम मार्फत सहभागि गराइएको बताउनुभयो ।
त्यसै गरि नगरउपप्रमुख बिना कार्कीले औषधि सँगै पोसिलो खानुपर्नेमा जोडददिदैँ मादक पदार्थ र धुम्रपान सेवनबाट टाढा भएको खण्डमा रोग निको नहुनेप्रति जोड दिनुभयो । कार्यक्रममा नगरपालिका क्षेत्र भित्रका २७ जना क्षयरोगका विरामीहरुले पोषण पाकेटको सहायता प्राप्त गरेका छन ।

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण १९, २०८१

सुत्तार कार्की सेवा समिति दैलेखको जिल्ला सम्मेलन सम्पन्न भएको छ । घृत कौशिक गोत्रिय सुत्तार कार्की दाजुभाईहरुको एकता लगाएत वंशज खोजि विविध विषयमा अध्ययन गर्नका लागि यतिबेला जिल्ला भरका सुतार कार्कीहरु एकतावद्ध भएका छन । २०७१ सालमा गठित समितिले विविध कारणवस भेला र निर्णय गर्न नसकेको अवस्थामा आज दुल्लुमा वृहत भेला र छलफलका साथ सम्मेलन सम्पन्न गरिएको हो ।
सम्मेलनको बन्द सत्रले समाजसेवि थिर बहादुर कार्कीलाई सर्मसम्मत अध्यक्षमा चयन गरेको छ । विगत राजनैतिक जिवनबाट विश्राम लिएर घरायसी जिवनमा व्यतित कार्कीलाई अध्यक्षमा चयन गरिएपछि आगामी दिनमा समिति क्रियासिल हुनुका साथै सुतार कार्की सेवा समितिले नयाँ कार्यक्रमका साथ काम गर्ने अपेक्षा गरिएिको छ । सुतार कार्की सेवा समिति दैलेखका नवनिर्वाचित अध्यक्ष थिर बहादुर कार्कीले समिति पार्टिगत नभएर दाजुभाई हरुको सेवा गर्ने भन्दै जिम्मेवारी वहन गर्दै अगाडी बढ्न तयार भएको बताउनुभयो ।
समितिको उपाध्यक्षमा पुर्ण बहादुर कार्की बस्तेकोट, मिठ्ठु कार्की नेपा, सचिव दिपेन्द्र कार्की बस्ताकोटी, देवेन्द्र कार्की जाहरकोट, कोषाध्यक्षमा मानबहादुर कार्की रावतकोट, सह कोषाध्यक्षमा इन्द्र बहादुर कार्की नेपा, सदस्यहरुमा, जितेन्द्र कुमार कार्की नेपा, लक्ष्मण कार्की बस्तेकोट, हिरासिंह कार्की नेपा, सुरेन्द्र कार्की जाक्सी र पदम बहादुर कार्की जाक्सी लाई चयन गरेको छ भने बाँकी कार्यसमितिलाई आगामी दिनमा मनोनित गर्दै पुर्णता दिने बताइएको छ ।

 

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण १९, २०८१

सुत्तार कार्की सेवा समिति दैलेखको जिल्ला सम्मेलन सम्पन्न भएको छ । घृत कौशिक गोत्रिय सुत्तार कार्की दाजुभाईहरुको एकता लगाएत वंशज खोजि विविध विषयमा अध्ययन गर्नका लागि यतिबेला जिल्ला भरका सुतार कार्कीहरु एकतावद्ध भएका छन । २०७१ सालमा गठित समितिले विविध कारणवस भेला र निर्णय गर्न नसकेको अवस्थामा आज दुल्लुमा वृहत भेला र छलफलका साथ सम्मेलन सम्पन्न गरिएको हो ।
सम्मेलनको अवसरमा समितिले कार्की परिवारबाट स्थानिय तहको निर्वाचनमा नगर उपप्रमुख, गाउँपालिका उपाध्यक्ष लगाएत वडाध्यक्षहरु र अन्य जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ । समितिले सगोत्रिय खनाल, नेपाल, बराल थरसँगको सहजिकरणमा भएका विभिन्न त्रुटिहरुलाई पनि बंशज लेखनको माध्ययमबाट समस्या समाधान गर्ने निर्णय समेत गरेको छ ।
सुत्तार कार्की सेवा समितिको दोस्रो जिल्ला सम्मेलनलाई उद्धघाटन गर्दै दुल्लु नगरपालका प्रमुख भरत प्रसाद रिजालले राजनिति ,पेशा व्यावसाय फरक भएपनि दाजुभाई, इष्ट्रमित्र र आफन्तहरुको पहिचान गर्दै एकतावद्ध गर्दै एकै ठाउँमा उभिनुको विकल्प नभएको बताउनुभयो ।

सम्मेलनले समाजसेवि थिर बहादुर कार्कीको अध्यक्षतामा १३ सदस्यिय जिल्ला कार्य समिति समेत चयन गरेको छ । सुतार कार्की सेवा समिति दैलेखका नवनिर्वाचित अध्यक्ष थिर बहादुर कार्कीले समिति पार्टिगत नभएर दाजुभाई हरुको सेवा गर्ने भन्दै जिम्मेवारी वहन गर्दै अगाडी बढ्न तयार भएको बताउनुभयो ।

 

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण १८, २०८१

सोसेक नेपालको हातेमालो परियोजनाले दुल्लु भैरवी क्षेत्रमा आफ्नो कार्यको थालनी गरेको छ । महिला वालवालिका, अपांग, पिछडिएका तथा लोपउन्मुख समुदायको क्षेत्रका साथै विपद व्यवस्थापन लगाएत विकासनिर्माणका क्षेत्रमा क्रियासिल सोसेक नेपालको नयाँ परियोजनाको रुपमा हातेमालो परियोजनाले दुल्लु नगरपालिका तथा भैरवी गाउँपालिकामा आफ्नो कार्य शुभारम्भ गरेको छ । परियोजनाले दैलेखका ४ वटा स्थानिय तहहरु नौमुले, नारायण, दुल्लु र भैरवीमा अपांगता भएका वालवालिकाको क्षेत्रमा काम गर्ने उद्धेश्यका साथ आवश्यण कार्यक्रम प्रस्तुत गर्दै परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
दुल्लु नगरपालिका तथा भैरवी गाउँपालिकामा उक्त परियोजनाले आफ्नो स्पस्ट कार्यक्रम सहित परिचयात्मक कार्यक्रमबाट हाम्रो आवाज हाम्रो सहभागिता नारा समेत तय गर्दै अगाडी बढेको छ । परिचयात्मक कार्यक्रमको अवसरमा दुल्लु नगरपालिका उपप्रमुख बिना कार्कीले नगरपालिकाले हरेक विकासनिर्माणका क्षेत्रमा विभिन्न संघसंस्थाहरुसँगको साझेदारी गर्दै आएको भन्दै सोसेकको हातेमालो परियोजनाले समेत थप सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो ।

यसै गरि भैरवी गाउँपालिकामा परियोजनाले आयोजना गरेको परिचयात्मक कार्यक्रमको अवसरमा उपाध्यक्ष देवी भण्डारीले भैरवी गाउँपालिकाले गर्ने कार्यमा परियोजनाले सुरुवात गरेकोमा खुशी व्यक्त गर्दै परियोजनाको हरेक क्रियाकलापमा साझेदारी र सहयोग गर्न आफुहरु तयार भएको बताउनुभयो ।

कार्यक्रमको सहजिकरण सोसेक नेपाल हातेमालो कार्यक्रम निर्देशक नवराज विसीले गर्नुभएको थियो

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।