दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण १५, २०८१
दैलेखको लोकप्रिय रेडियो मातृभुमि एफ.एम.९६.५ मेगाहर्ज दैलेखको दोस्रो वार्षिकोत्सव कार्यक्रम दैलेखमा सम्पन्न भएको छ । दैलेखको एक लोकप्रिय रेडियोको रुपमा २ वर्ष अघि स्थापना भएको रेडियोले यतिबेला समाचारमुलक कार्यक्रमका साथै मनोरञ्जनात्मक कार्यक्रम प्रभावकारी रुपमा प्रशारण गर्दै आईरहेको छ ।
रेडियोको वार्षिकोत्सव समारोहको अवसरमा जिल्ला समन्वय दैलेखको हलमा आयोजित कार्यक्रममा जिल्ला स्थित सरकारी तथा ग्रैह्सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरु लगाएत राजनेैतिक दलका प्रमुख प्रतिनिधिहरु र सरकोकारवालाहरुको सहभागिता रहेको थियो । रेडियोको दोस्रो वार्षिकोत्सव कार्यक्रमको अवसरमा शुभकामना दिदैँ दैलेख जिल्ला समन्वय प्रमुख नमराज शाहीले आजको दिनमा हरेक सञ्चार माध्ययमहरुले सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने भन्दै त्यसका लागि पत्रकारहरुले खोजपत्रकारिताको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
वार्षिकोत्सव समारोहको अवसरमा बोल्दै रेडियोका प्रवन्ध निर्देशक भिम सिजापतिले सञ्चारकर्मी र सञ्चारमाध्ययमका पिँडाहरु राज्यले सुन्न नसकेको भन्दै हरेक सञ्चारकर्मीहरुले मनका पिँडा लुकाएर भएपनि सुचना प्रशारण गर्नुपर्ने बाध्यता र चुनौति भएको बताउनुभयो ।
दैलेखमा यतिबेला ४ वटा रेडियोहरु सञ्चालमा रहेको भएपनि प्रशारण पहुँचका दृष्ट्रिले लोकप्रिय रेडियोले आफ्नो वार्षिकोत्सव समारोहको अवसरमा ३ दिने निःशुल्क आधारभुत रेडियो उद्ध्घोषण पत्रकारिता तालिमको समेत सञ्चालन गरेको छ ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण १५, २०८१
अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस आज दैलेखमा मनाइएको छ । “सामाजिक न्याय र आर्थिक शसक्तिकरण मानव बेचविखनको निर्मुलन” भन्ने मुल नारा सहित मनाइएको उक्त दिवस अन्तरगत प्रभातफेरीको आयोजना समेत गरिएको छ । सोसेक नेपालको आयोजनामा आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख, नारायण नगरपालिका दैलेखको समेत सहजिकरण रहेको उक्त प्रभातफेरीमा जिल्ला स्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
जिल्ला सदरमुकामको बजारक्षेत्रमा प्रभातफेरी गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी देवकोटा चोकमा कोणसभाको आयोजना समेत गरिएको छ । कोणसभालाई संवोधन गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल दाहालले मानव वेचविखन उन्मुलन सजिलो नभएको भन्दै विज्ञान र प्रविधिको समयमा विभिन्न प्रलोभनमा परेर बुझेका हरुनै जघन्य अपराधमा संलग्न भएकोमा जोड दिनुभयो ।
यसैगरि कार्यक्रमको अवसरमा बोल्दै सोसेक नेपालका अध्यक्ष मञ्जु खड्काले मानव वेचविखनको स्वरुप जटिल र शुक्ष्म भएकाले सबै संघ संस्थाले सक्रिय भएर लागेकोे खण्डमा उपलव्धी हुने भन्दै सबैको हातेमालो आवश्यकता भएको बताउनुभयो ।