दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
मंसिर ९, २०८१
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले १३औँ उद्योग दिवसको अवसर पारेर दैलेखमा एक वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरु सहित जिल्लाका ११ वटै स्थानिय तहका प्रमुखहरु र जिल्ला भित्र विभिन्न उद्योग व्यावसाय सञ्चालन गरिरहेका उद्योगिहरुको सहभागितामा कार्यालय परिसरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले कृषि , उधोग र सेवा क्षेत्र मानव जिवनका बाँच्ने आधार भएको सन्दर्भ उठान गर्दै यतिबेला देसभर उद्योग कृषि लगाएत विभिन्न क्षेत्र धरासायि बन्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
यसैगरि अन्तरक्रिया कार्यक्रमको अवसरमा बोल्दै दैलेख जिल्ला समन्वय प्रमुख नमराज शाहीले हरेक मानिसले आफुले गरेको कर्म र क्रियाकलापमा सन्तोष हुनुपर्ने भन्दै हरेकले एक अर्काको अस्थित्वलाई स्विकार गर्न नसक्नुनै दुःखको कुरा भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमको अवसरमा बोल्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख परशुराम आचार्यले कार्यालयले हरेक घर एक उद्यमीको निति अवलम्बन गरेको भएपनि लगानीको वातावरण सिर्जना नहुनु र गरिएको सिमित लगानीले सार्थकता नपाउनु नै उद्यमी पलायनको अवस्था भएको बताउनुभयो ।
कार्यक्रममा सहभागि उद्योगिहरुले आफुले उत्पादन गरेका हरेक उत्पादनहरुमा राज्यको उचित लगानीको वातावरण नहुनु र उत्पादित बस्तुले बजारीकरण नपाउनु नै उदासिनताको बाटो भएको भन्दै त्यसमा स्थानिय तहहरुले उचित कार्यक्रम बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन ।
दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
मंसिर ९, २०८१
दैलेखका चामुण्डाबिन्द्रासैनी वडा नं. ७ का वडाध्यक्ष इन्द्र प्रसाद चौलागाँईले वडामा लामो समयदेखि कुनैपनि कर्मचारी नभएपछि वडाकार्यालयमा तालाबन्दी गर्नुभएको छ । वडाकार्यालयमा कार्यरत करारमा नियुक्त गरि कामकाज गर्दै आएका सचिव लगाएत सामाजिक परिचालक हरु गत असोज ३ गतेका दिन संविधान दिवसका दिन नगरपालिका भित्रका ७१ जनालाई म्याद थप नगरी हटाइएपछि कर्मचारी विहिन वडामा यतिबेला पनि नगरपालिका कार्यपालिका मार्फत कर्मचारी व्यवस्थापन हुन सकिरहेका छैनन् । जसको प्रभाव सेवाग्राहिहरुमा परेको छ । वडामा जन्म, मृत्यु, बसाँईसराई लगाएत पञ्जीकरणका कामहरु ठप्प भएको लामो समय वितिसक्दा समेत कर्मचारीको व्यवस्थापन हुन नसकेपछि आफुले जनताको काम गर्नमा चुनौति थपिएको भन्दै वडाध्यक्ष चौलागाँईले आज सामाजिक सञ्जालमा एक फोटो प्रकाशित गर्दै तालाबन्दी गरिएको र सबै वडाबासी सेवाग्राहिहरुलाई सेवा लिनका लागि नगरपालिका जानु भन्नुभएको छ ।
त्यसो त चामुण्डाबिन्द्रासैनी नगरपालिकामा गत असार १० गते विधिवतरुपमा सञ्चालन हुने नगरसभा नै प्रभावित हुने गरि नगरसभाका सदस्यहरु विभाजित भएपछि नगरपालिकाको बजेट लगाएत सञ्चालित विकासनिर्माणका योजनाहरु समेत प्रभावित बनिरहेका छन । यतिबेला सम्म नगरपालिकामा नगरकार्यपालिकाको वैठक समेत बस्न सकिरहेको छैन भने विगतमा सञ्चालित र गत आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने बाँकी रकम समेत वितरण हुन सकिरहेको छैन ।
………………………………
हिजो कथा थियो गाउखाने र गाउदिने ।
चलन थियो आफू हिडेको पाईला आफै मेट्नु ।
दुई टुक्रालाई जोड्नु थियो बस टुक्रा टुक्रा जोडेर ।
मन मन सियर बसेका बस्तिहरु ,बरालेर ।
क्रान्ति र परिवर्तले तिम्रो चेतना त ह्वात्तै बढेछ ।
अब सब मिथ्या र झुटा छन् सायद त्यो वारि
फुलबारी पाटा गाउंका झुप्रे पसल र साहुजी ।
विर्सनै पर्छ तिनै दारिवालको बात अनि नया कबुल ।
हिजोका सहयात्री बुझेर पछाडी नफर्कने दृढता ।
अब पनि उहीँ ढर्रामा बिउझिनु भन्दा ।
कसैले नभेट्ने गरी विना यानको चन्द्रमा छुन ।
उन्मक्त दस्ताको जालोमा भुइमान्छे पुगेपछी ।
सियो र धागोको कथा सार्थक बन्यो ।
युवाको जागर उज्यालोको आशमा ।
बस सहरिया संगको साईनो भेट्दै ।
धन्यबाद साथी आफू हिड्दै पाईला मेट्दै ।
(कवि श्याम शुन्दगर गिरी नेपाली लेखक संघ दैलेखको संयोजक हुनुहुन्छ ।)