२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
६ वैशाख,२०८२

दैलेखको ठाटिकाँध गाउँपालिकाले आफ्नो दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाद्धारा विकास निर्माण र सेवा प्रवाहको सन्दर्भमा सुशासन र पारदर्शिता संगै जनचासोका विषयमा हरेक चौमासिकमा अनिवार्य र नियमितरुपमा गर्नुपर्ने सार्वजनिक सुनुवाई अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
टाटिकाँध गाउँपालिकाले गत ४ महिनामा गरेको उपलव्धी, विकासनिर्माण र जनचासोका विषयहरुलाई प्रतिवेदन मार्फत सहभागिहरु सामु प्रष्ट पारेको छ । ठाटिकाँध गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष देविराम बडुवाल मुख्य जवाफदेहि वक्ता रहनुभएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकि अधिकृत तुलसी प्रसाद उपाध्याय लगाएत अन्य शाखाका शाखा प्रमुखहरु लगाएत सरोकारवाला कार्यालयका प्रमुखहरु जवाफदेहि वक्ताको रुपमा रहनुभएको कार्यक्रममा स्थानिय सेवाग्राहिहरुले विकासनिर्माण र जनचासो र सेवा प्रवाहका सन्दर्भमा प्रश्न, जिज्ञासा र सल्लाह सुझावका साथै सवालजवाफ गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाको चौमासिक प्रगति प्रतिवेदन गाउँपालिका उपाध्यक्ष देविराम बडुवालले प्रस्तुत गर्दै सेवाग्राहिका प्रश्न र जिज्ञासाको समस्या समाधान गर्नुभएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।