२०८१ मंसिर ८ शनिबार
२०८१ मंसिर ८ शनिबार

सोसेक नेपालकोे लगानीबाट बदलिदैँ नमुना बादि बस्तिको मुहार……

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
श्रावण २३, २०८१

सुर्खेत जुम्ला कर्णाली राजमार्ग नजिकै दैलेखको दुल्लु नगरपालिका १ मा रहेको यो नमुना बादी बस्ति फरक पहिचानको एक बस्ति हो । टाढै बाट हेर्दा मिलेका एकै किसिमका चिटिक्क परेका घरहरु हेर्दै आकर्षक र मनमोहक देखिन्छन् । जुन एक नमुना बस्तिको रुपमा परिचित छ र त्यसै अनुरुप नामाकरण पनि गरिएको छ । जुन बस्ति अल्पसँख्यक , लोपउन्मुख र पिछडिएको जातिको रुपमा रहेको बादी समुदायको बस्ति हो ।
बाहिरबाट हेर्दा बस्ति साच्चिकै नमुना छ तर त्यसको पिँडा र मर्म भने त्यँहा पुग्नेलाई मात्र थाह छ । करिब ८÷१० वर्ष अघि उक्त बस्ति कर्णाली राजमार्गसँगैको लोहोरेखोलाको किनारामा थियो । खोलाको भेलले बस्ति बगरमा परिणत गरेपछि नेपाल सरकारको जनता आवास मार्फत करिब ३० वटा घरहरु निर्माण भएसँगै विस्थापित बादी समुदायलाई त्यहाँ स्थानान्तरण गरिएको हो ।
नमुना बस्ति भन्दै अल्पसँख्यक , लोपउन्मुख र पिछडिएको जातिको रुपमा रहेको बादी समुदायको बस्ति बसाएपनि उनिहरुका लागि कुनै जिवन जिउने आधारको खोजि गरिएन । खोला किनारामा बसेर माछा मार्ने साथै सडकमा भेटिएको काम गरेर गुजारा चलाउने उनिहरुलाई बस्तिका कोरा घरहरुले पेट भरिएन । बादि समुदायसँग यतिबेला पनि जिउ लुकाउने २ कोठाको त्यो घर बाहेक कुनै जमिन जग्गा, रोजगारी र हातमुख जोर्ने उपाय समेत छैन ।
फलस्वरुप बादी बस्तिका धेरै मानिसहरु पुनः सोहि खोला किनारामा बस्न वाध्य भए भने कतिपयले घर छोडेर भारतमा काम गर्न पलाएन समेत हुनु पर्यो । यतिबेला ति घरहरु मध्ये केहि घरहरु मानिस नै नबसेर जिर्ण बन्दै गएका छन भने ति घरहरु केटाकेटिको खेल्ने र शौचालय गर्ने स्थानको रुपमा परिणत हुदै गइरहेका छन ।
बाहिरबाट झट्ट हेर्दा बस्ति शुन्दर देखिएपनि खानेपानी शौचालय लगाएत आवश्यक व्यवस्थापनका कारण कुरुप बन्दै गइरहेका छन ।
यतिबेला सोसेक नेपाल मार्फत दुल्लु नगरपालिका सँगको सहकार्यमा उक्त बस्तिमा खानेपानी लगाएत शौचालयको व्यवस्थापनको काम भएको छ । सोसेक नेपालको हेल्वेटास ,युनिसेफ र न्ष्चकि mबततभचक परियोजना मार्फत अन्य व्यवस्थानका कामहरु भएसँगै उक्त बस्तिको मुहार परिवर्तन भएको छ । जसप्रति स्थानिय अल्पसँख्यक , लोपउन्मुख र पिछडिएको जातिको रुपमा रहेको बादी समुदायका मानिसहरुको दैनिकि समेत बदलिन सुरु भएको छ । पहिले सुंगुर बंगुर पालेर बस्ति एकातिर फोहोर हुने गरेको थियो भने यतिबेला चौतर्फी सफा देखिन थालेको छ । त्यतिमात्र होइन दिसापिसावको लागि शौचालयको समेत व्यवस्थापन नहुँदा बस्ति दुर्गन्धित हुने गरेकोमा यतिबेला शौचालय सँगै खानेपानिको व्यवस्थापन भएको भन्दै बादि समुदायका मानिसहरु खुशी भएका छन ।
बादी समुदायका अगुवा देविसरा बादी भन्नुहुन्छ “ हामी जंगलमा दिसापिसाव गर्न जान्थेउँ, यतिबेला खानेपानी, शौचालय बन्यो खुशी छौँ, अलिअलि तरकारी समेत लगाउन थालेका छौँ, त्यति हो यहि आफ्नो घर आफ्नो नाममा छैन दुःखको कुरा यति छ ।”
यता बसन्ति बादीको खुशी पनि कम छैन । उहाँ भन्नुहुन्छ “ हामी अहिले सम्म खोलाको पानि खान वाध्य थियौँ, जसका कारण धेरै मानिसहरु ,बालवालिकाहरु पनि बिरामी परे, अहिले शौचालय बन्यो, पानि आयो, खुशी छौ बस्ति सफा छ ,यहि हो हाम्रो प्रगति र परिवर्तन ।”
सोसेक नेपालको हेल्वेटास, युनिसेफ लगाएत न्ष्चकि mबततभचक परियोजना मार्फत शौचालय र लगाएत धारा निर्माण गरिएको र यतिबेला पहिलेको भन्दा परिवर्तन गर्न सफल भएको सोसेक नेपालले जनाएको छ । बस्तिका सबै घरहरुमा स्थायित्व बसोबास नभएको कारण सबै घरमा शौचालय र धारा निर्माण नभएपनि मानिसहरु बस्ने घरमा काम सम्पन्न गर्न सकेको प्रति शोसेक नेपाल न्ष्चकि mबततभचक परियोजनाका इन्जिनियर डम्बर कुमार केसि खुशी व्यक्त गर्नुहुन्छ । “ हामीले यस बस्तिमा पन्ध्रवटा शौचालय नयाँ र पाँच वटा शौचालय मर्मत गरेका छौँ भने करिब २२ वटा खानेपानी धारा निर्माण गरेका छौँ , यतिबेला बस्ति नै परिवर्तन भएको आभाष गरेका छौँ, विगतको भन्दा बादी समुदायको जीवनस्तर सुधार भएको अनुभव गर्न पाएका छौँ, यहि हो हाम्रो प्रगति , हामी सन्तोष छौँ ।”

यसरी दलित विपन्न, अल्पसंख्यक, पिछडिएका र लोपउन्मुख जातिको रुपमा स्थापित बादी समुदायको बस्तिमा सोसेक नेपालद्धारा गरिएको लगानीले यतिबेला सार्थकता मात्र पाएको छैन कि वास्तविकता र आवश्यकता अनुसार काम समेत भएको छ । राज्य समेत निरिह भइरहेको समयमा एक संस्थाले आवश्यक कार्यनिति र रणनिति तय गर्दै गरेको उपलव्धि समेत तारिफ योग्य छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।