दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र ९, २०८१
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका क्षेत्रमा गुरुकुल शिक्षा सञ्चानको लागि चामुण्डाबिन्द्रासैनी श्रंगारिक महाआरति तथा धर्म जागरण महा महोत्सव २०८१” आजबाट सञ्चालन गरिएको छ । यतिबेला हिन्दु धर्मको संरक्षणको अभावमा मानिसहरुमा विचलन आउनुका साथै मानिसहरुलाई कोरा ज्ञान भन्दा सनातन ज्ञानको आवश्यकताको सन्दर्भलाई मध्यनजरगर्दै नगरपालिका क्षेत्रमा गुरुकुल शिक्षाको सञ्चालनको लागि धार्मिक महामोहत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
उक्त चामुण्डाबिन्द्रासैनी श्रंगारिक महाआरति तथा धर्म जागरण महा महोत्सव २०८१”को आज एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । उक्त चामुण्डाबिन्द्रासैनी श्रंगारिक महाआरति तथा धर्म जागरण महा महोत्सव २०८१” सञ्चालनको अवसरमा वृहत कलसयात्राको सिर्जना समेत गरिएको छ । धार्मिक महामोहत्सवको उद्धघाटन गर्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका का नगरप्रमुख गणेश कुमार शाहीले समाजमा बढदै गइरहेको विकृति र हराउदैँ गएको असल सस्कारको संरक्षण गर्नका लागि चामुण्डाबिन्द्रासैनी श्रंगारिक महाआरति तथा धर्म जागरण महा महोत्सव २०८१” फलदायि हुनेमा आशाबादी रहेको बताउदै सबैले सकारात्मक कुराको मात्र प्रचारप्रसार गर्नुपर्नेमा जोडदिनुभयो ।
आचार्य श्री नरेश नेपाल जि प्रमुख कथा वाचकको रुपमा रहनुभएको उक्त बालेश्वर धार्मिक महामोहत्सव आगामी भाद्र १५ गते सम्म सञ्चालन हुनेछ ।