२०८१ पुष १२ शुक्रबार
२०८१ पुष १२ शुक्रबार

त्यो आन्दोलन र मेरा केही अनुभव (राजेन्द्र अधिकारी, भगवतिमाई)

 

त्यस बखत् भर्खरै साढे १६ बर्ष पार गरेको म, मनमा एक किसिमको अनौठो उर्जा थियो ,शरीरमा तन्नेरी जस्तै जोश थियो ,रेडियो र पत्रीका केही सुन्ने र पढ्ने भएकोले मेरा उमेर समुहका समकालीन युवाहरू भन्दा अलिकति केही बढी होश पनि थियो । हाम्रो छुट्टै प्रदेश भयो भने हामीले प्रदेश बाट हुने सम्पुर्ण कामहरु सुर्खेत बाट हुन्छन् र पहिलेको तुलनामा युवाहरुले रोजगारी र सिपमुलक अवसरहरु धेरै प्राप्त गर्न सक्छन् भन्ने कुरा मेरो मस्तिष्कमा खेलेको थियो ।

म त्यसरी समाज रुपान्तरणमा प्रत्यक्ष होमिएको त्यो आन्दोलन मेरो जिवनको पहिलो आन्दोलन थियो ।

बि.सं. २०७२ साउन २३ गते देखि चलेको तत्कालीन अखण्ड मध्यपश्चिम प्रदेशको आन्दोलनका हजारौं सहभागी मध्ये आन्दोलनमा सहभागी एक युवा म पनि हुँ । उक्त आन्दोलनमा म सुरुवातका ३ दिन पुर्ण रूपमा आन्दोलनमा सहभागी भएको थिए ।

म र म जस्ता हजारौं जोशिला युवा त्यो आन्दोलनमा , हिजो भन्दा अब भोलि थोर बहुत सामाजिक ,राजनैतिक र विभिन्न क्षेत्रमा प्रदेश सरकारले अधिकार र अवसर सिर्जना गर्ने कुरामा बिश्वस्त थिए ।

तर बिड्म्बना तिनि महत्वाकांक्षी सपनाहरु त कर्णालीका युवाहरूका लागि दिवा सपना भए नै तर युवाको हकहित र संरक्षण ,सम्बर्द्धन गर्ने प्रादेशिक युवा नीति र सरकारी संरचना प्रदेश युवा परिषद् सम्म पाएका छैनन् कर्णालीका युवाले अझै कति औं प्रदेश स्थापना दिवस मनाईसकेपछी कर्णालीका युवाले धेर थोर अधिकार प्राप्त गर्लान ?

प्रदेश स्थापनाका लागि भएको आन्दोलन सफल भएको दिनको सम्झनामा प्रदेश सरकारले भदौ ४ गतेलाई कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवस तथा शहीद दिवसको रुपमा मनाउने गरेको छ ।

यसबिचमा कर्णाली प्रदेशमा ४ जना मुख्यमन्त्री भए , ६ जना सामाजिक बिकास मन्त्री भए ,हामीले कैयौंपटक उहाँहरुलाई प्रत्यक्ष भेट गरि युवाका सवाललाई सम्बोधन गर्न अनुनयन बिनय गरेतापनी ,अहँ ,कसैले सुनिवाई गरिदिनु भएन ।

युवाहरुले लडेर ल्याएको प्रदेशले युवाको निम्ति हिजो सन्तुष्टिजनक काम नगरेपनि अबको दिनमा युवालाई सन्तुष्टि मिल्ने, कर्णालीका युवाहरूलाई कर्णालीमै बसेर उद्यम गर्न मिल्ने, कर्णालीमै बसेर अध्यन गर्न मिल्ने, कर्णालीमै स्वास्थ्य उपचार सेवा सहजै पाउने भएगरेका संरचना तथा संयन्त्रको सुधार र आवश्यक संयन्त्रको निर्माण गर्नुपर्ने हुन्छ।
संघीयता प्रति जनविश्वास बढाउन, प्रदेश संरचनाको औचित्य पुष्टि गर्न, प्रदेशले युवा नेतृत्व, उद्धमशिलता , सिप र लगानीमा जोड दिनुपर्छ। युवालाई आफ्नो देश प्रतिको गौरव बढाउन तल तल सिंहदरबारको अधिकार लिएर आएका प्रदेश र स्थानीय सरकारले जनअपेक्षालाई ख्याल राख्नुपर्छ। सेवा दिने प्रणाली सरल र सुशासन युक्त बनाउनुपर्छ। तब पो हिजो म जस्तै कर्णाली प्रदेश चाहिन्छ भनेर आन्दोलन गर्ने युवाको प्रदेश प्रति विश्वास बढछ साथै सहिदहरुको सपना साकार हुन्छ।

नोट ः लेखक राजेन्द्र अधिकारी कर्णाली प्रदेशको पहिलो स्थानीय युवा परिषद् , भगवतीमाई गाउँ युवा परिषद् ,दैलेख का कार्यकारी उपाध्यक्ष र युवा अभियानमा बिगत सात बर्ष देखि सक्रिय ब्याक्तित्व हुनुहुन्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।