२०८१ कार्तिक २३ शुक्रबार
२०८१ कार्तिक २३ शुक्रबार

दैलेखका विभिन्न पालिकाहरुमा सोसेक नेपालको स्वास्थ्य शिविर……

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असोज ८, २०८१

कर्णाली प्रदेश लगाएत देशका विभिन्न १० जिल्लाहरुमा महिला, बालबालिका, लोपोन्मूख राउटे, कुसुण्डा तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको सोसेक नेपालले दैलेखका विभिन्न पालिकाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सामाजिक सेवा दिवसको अवसर पारेर सोसेक नेपालले दैलेखको दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र नौमुले गाउँपालिकामा अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण घुम्ति शिविर सञ्चालन गरेको हो ।
सोसेक नेपालको हातेमालो परियोजना मार्फत सिबिएम नेपालको आर्थिक सहयोगमा विकलांग मित्र समुह÷अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र काभ्रे र कर्णाली प्रदेश पर्नुस्थापना केन्द्रको सहकार्यमा सञ्चालित स्वास्थ्य शिविरहरुमा नाक, कान, हाडजोर्नीका बिरामीहरुका साथै जन्मजात अपांगता भएका हजारौँ व्यक्तीहरुले सेवा लिएका छन ।
शिविरको अवसरमा जन्मजात अपांगता भएका र पछि विभिन्न रोगको सिकार हुन पुगेकाहरुलाई अपांगता पहिचान गर्दै स्थानिय सरकारको सहयोगमा अपांगता परिचयपत्र समेत प्रदान गर्न आवश्यक प्रक्रियाका साथ छनौट समेत गरिएको छ भने अपांगता भएका व्यक्तीहरुलाई आवश्यकता अनुसार ह्विल चियर, वैशाखी, लठ्ठी जस्ता सहायक सहयोग सामाग्रीहरु समेत प्रदान गरिएको छ ।

राज्यको पहुँच भन्दा बाहिर रहेका दुर्गम स्थानिय तहका नागरिकहरुलाई सोसेक नेपालको हातेमालो परियोजना मार्फत गरिएको अपांगता पहिचान एवं स्वास्थ्य परिक्षण घुम्ति शिविरले ठुलो राहत पुगेको छ । शिविर सञ्चालनको क्रममा बोल्दै स्थानिय तहका प्रमुखहरुले जनताको स्वास्थ्य प्रति स्थानिय तह सजक र संवेदनशिल भएको भएको भन्दै सोसेक नेपालले सञ्चालन गरेको शिविर समयको आवश्यकता र माग भएको बताएका छन ।

दैलेखका विभिन्न पालिकाहरुमा सञ्चालित उक्त स्वास्थ्य शिविरको अवसरमा बोल्दै दैलेखबाट प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाले जिल्लाका दुर्गमका नागरिकहरुले सामान्य स्वास्थ्य सुविधा समेत प्राप्त गर्न नसकेको अवस्थामा विगत देखी सोसेक नेपालले समयसमयमा स्वास्थ्य शिविरको आयोजना गर्र्दै जनताको सेवामा समर्पित भएको भन्दै प्रशंसा गर्नुभयो ।

उक्त अपांगता पहिचान तथा स्वास्थ्य घुम्ति शिविरमा उपचार गराई आवश्यकता अनुसार जिल्ला भन्दा बाहिर सुर्खेत , नेपालगञ्जका अस्पतालहरुमा पुगाउनुपर्ने बिरामीहरुलई सोसेक नेपालले आर्थिक र भौतिक सहयोग गर्ने सोसेक नेपालले प्रतिवद्धता समेत जनाएको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।