२०८१ माघ १६ बुधबार
२०८१ माघ १६ बुधबार

रतन्धो लागेको राज्य र डोल्पाको सडक…..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असोज ८, २०८१

नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो ? भन्दा सबैलाई जानकारी छ डोल्पा । कर्णाली प्रदेशको सबैभन्दा उत्तरमा अवस्थित डोल्पाको आफ्नै कथा आफ्नै परिवेर र भौगोलिक अवस्था यतिबेला पनि विद्यमान छ । से फोक्सुन्डो ताल, से गुम्बा लगाएत पर्यटकिय क्षेत्र होस यार्सागुम्बा देखि बहुमुल्य जडिबुटीको हिसाबले विभिन्न संभावना बोकेको डोल्पामा यतिबेला पनि सडक सञ्जालले गति लिन सकेको छैन ।
कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतबाट करिब ४ देखी ५ वटा सम्म सवाँरीका साधनहरु बदल्दै २ देखी ३ दिनमा पुगिने डोल्पा सदरमुकाम दुनैमा विगत वर्षहरुमानै सडक पुगेको भनिएपनि त्यो कागजका पानाहरुमा सिमित छ । सुर्खेत जिल्लाको छिन्चुबाट डोल्पासम्म पुग्नको लागि भेरी नदिको किनाराहुदैँ सडक त पुग्यो तर एउटै यातायातबाट पुग्न भने अहिले पनि सपना जस्तै छ । चारैतिर कडा र ठुलाठुला पर्वतिय चट्टानहरुमा अवस्थित डोल्पाका खोलाहरुमा यतिबेला सम्म पुल नबन्दा हिँउदका ४÷५ महिना सामान्य सडक सञ्चालन हुने भएपनि वर्षायाममा भने हत्केलामा ज्यानको बाजी लगाउदै जिर्णरुपमा रहेका झोलुंगे पुल र काठका पुलहरुको भर पर्नुपर्ने वाध्यता अभैँ डोल्पाली जनताका अगाडी काल झैँ उभिएका छन ।

त्यसो त हिउँदमा खोलाको पानि कम हुँदा डोल्पा भेरी करिडोरमा स्थानिय स्तरमा सञ्चालित साना यातायातका साधनहरुले वर्षायाममा मोटो रकम असुल्न ब्रह्मलुट नै मच्चाउछन । उनिहरुले मनपरि हिसावले उक्त क्षेत्रमा पैदलयात्रा गर्ने मानिसहरुका लागि भाडा तोक्ने र प्रति किलोमिटर प्रतिहजार सम्म लिने गरेका छन भने एउटै झोला झोलुंगे पुल वारपार गरेको पाँचसय देखिी हजार सम्म लिनेगरेको प्रस्ट देख्न सकिन्छ ।
डोल्पाका स्थानियस्तरका जनप्रतिनिधिहरुदेखी प्रतिनिधिसभा सदस्यहरु समेत यतिबेला मौन छन । अझ भन्नुपर्दा राज्यले उक्त सडकको लागि गरिदिएको टेन्डर समेत डोल्पाका नेता र कार्यकर्ता पाल्ने कमिसनको रुपमा प्रयोग हुन्छ ताकि उक्त योजना कागजका पानामा सिमित हुन्छ । नागरिक हरु समेत राज्य र नेताहरुको ध्यान नजाँदा सडक नबनेको भन्दै दुखेसो व्इक्त गदएछन ।

गाउँ र बस्तिहरुमा सामान्य सडक पुगेको भएपनि त्यसको औचित्य छैन । त्यसो त डोल्पाको लागि ठुलो आयोजना नै भेरी करिडोर नै हो । डोल्पा जिल्लामा साना र टुक्रे आयोजनाहरु मात्र हुने र ठुला आयोजनाहरु सञ्चालन हुन सक्ने अवस्थामा छैनन् । वर्षायाममा भेरी नदिका सहायक खोलाहरुमा अध्याधिक पानि हुने भएकाले समस्या भएपनि हिँउदमा भने सडकको कामले गतिलिने र त्यसमा आफुले हदेैसम्मको सहकार्य गरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बतानुभयो ।

यसरी हेर्दा डोल्पाका नागरिकहरुले सहज सडक यात्रा गर्नका लागि अझैँ कैयौ दशक पर्खिनै पर्ने देखिन्छ । डोल्पा क्षेत्रका लागि राज्यले गरेको लगानी समेत कागजका पानामा सिमिति हुर्दै दलाल र माफिया राजनितिकर्मीहरुका लागि प्रयोग हुुने गरेको तथ्य डोल्पालीका लागि लुक्न सकेको छैन भने रतन्धो लागेको राज्यले समेत त्यसतर्फ कुनै नजर लगाउन सकेको छैन ।

 

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।