कात्तिक ८,२०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्टीका महामन्त्रि कुन्ती कुमारी शाहीले समग्र कर्णाली गरिब नभएको बताउदै वर्तमान अवस्था र पुराना पार्टीका शासकहरुले गरिब बनाइएको आरोप लगाउनुभएको छ । दैलेखको दुल्लु नगरपालिकामा पार्टीद्धारा आयोजित आमसभालाई संवोधन गर्दै नेता शाहीले विभिन्न क्षेत्रबाट कर्णाली सबै प्रदेशहरु भन्दा उत्कृष्ट भएको र यहाँका नागरिकहरु समेत सम्पन्न भएकोमा यतिबेलाको शासन प्रणाली र पालैपालो सत्ता चलाउने पार्टी र तिनका शासकहरुले समग्र कर्णाली र यहाँका नागरिकहरुलाई गरिब बनाएको बताउनुभएको हो । उहाँले जबसम्म पुरानै शैली बुझाई रहन्छ, जबसम्म यहाँका नागरिकहरुको चेतना खुल्दैन पुरानै पार्टीलाई मत जाहेर गर्छन तबसम्म कर्णाली गरिब नै रहने भएकाले सबैले राप्रपा जस्तो देशभक्त पार्टीलाई चिन्नुपर्नेमा जोड दिनुभयो ।