२०८१ कार्तिक २३ शुक्रबार
२०८१ कार्तिक २३ शुक्रबार

कात्तिक ८,२०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेलले जनताको मत नबदलिए सम्म देश बन्न नसक्ने बताउनुभएको छ । दैलेखको दुल्लु नगरपालिकामा पार्टीद्धारा आयोजित आमसभालाई संवोधन गर्दै अध्यक्ष लिंगदेलले विगत देखि वर्तमान अवस्था सम्म उहि पुराना पार्टीहरुलाई मत दिने र विकासको आशा मात्र गर्ने जनताको चेतनास्तर नबदलिए सम्म सच्चा देशभक्त पार्टी ओझेलमा रहने भन्दै शासक पार्टीहरुले जनताको मतको दुरुपयोग गरेको बताउनुभयो । उहाँले यतिबेला देशका मुख्य दुई ठुला पार्टीहरु मिलेर मनपरि शासन गर्दै आइरहको भन्दै भ्रष्ट्राचार र विकृति मौलाएको सन्दर्भमा राप्रपाले खबरदारी गर्दै आगामी दिनहरुमा आन्दोलनको तयारी समेत गरेको बताउनुभयो । उहाँले जुम्लाका मानिसहरुको चेतना खुलेको समयमा दैलेखका जनताको चेतना नखुल्नु दुःखको कुरा भएको भन्दै सच्चा र देशभक्त पार्टीमा सेवा गर्ने अवसर समेत आफुले प्रदान गर्नेमा दुईमत नभएको समेत बताउनभयो ।

कात्तिक ८,२०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्टीका महामन्त्रि कुन्ती कुमारी शाहीले समग्र कर्णाली गरिब नभएको बताउदै वर्तमान अवस्था र पुराना पार्टीका शासकहरुले गरिब बनाइएको आरोप लगाउनुभएको छ । दैलेखको दुल्लु नगरपालिकामा पार्टीद्धारा आयोजित आमसभालाई संवोधन गर्दै नेता शाहीले विभिन्न क्षेत्रबाट कर्णाली सबै प्रदेशहरु भन्दा उत्कृष्ट भएको र यहाँका नागरिकहरु समेत सम्पन्न भएकोमा यतिबेलाको शासन प्रणाली र पालैपालो सत्ता चलाउने पार्टी र तिनका शासकहरुले समग्र कर्णाली र यहाँका नागरिकहरुलाई गरिब बनाएको बताउनुभएको हो । उहाँले जबसम्म पुरानै शैली बुझाई रहन्छ, जबसम्म यहाँका नागरिकहरुको चेतना खुल्दैन पुरानै पार्टीलाई मत जाहेर गर्छन तबसम्म कर्णाली गरिब नै रहने भएकाले सबैले राप्रपा जस्तो देशभक्त पार्टीलाई चिन्नुपर्नेमा जोड दिनुभयो ।

कात्तिक ८,२०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्टी प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले समग्र कर्णालीका युवाहरुको साथमा आफु भएको बताउनुभएको छ । पार्टीको अभियानको क्रममा आज दैलेखको दुल्लुमा आयोजित आमसभालाई संवोधन गर्दै शाहीले यतिबेलाको सरकार र स्थानियतहहरु भ्रष्ट्राचारमा व्याप्त भएको भन्दै त्यसको खबरदारीमा युवाहरु एक हुनुकाु विकल्प नभएको बताउनुभयो । उहाँले यतिबेला युवाहरु विदेशिने क्रम बढेको भन्दै हरेक समस्यालाई समाधान गर्नका लागि अब बिचार परिवर्तनको आवश्यकता भएको भन्दै युवाशक्ती हरेक विकृति विसंगतिका विरुद्ध उत्रिनुपर्नेमा जोड दिदैँ त्यसको लागि समग्र कर्णालीको सबै युवाहरुको साथमा आफु सदैव रहेको बताउनुभयो । बाँकी भिडियोबाट…….

https://youtu.be/DtrXicLENPM (more…)

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।