कात्तिक १३, २०८१
दिपेन्द्र कार्की बस्ताकोटी
दैलेखको दुल्लु नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । दुल्लु नगरपालिकाको विभिन्न वडाहरुमा रहेको स्थानिय बजारलाई प्राथमिकतामा राखेर बजार अनुगमन गरिएको छ । दुल्लु नगरपालिका उपप्रमुख बिना कार्कीको संयोजकत्वमा इलाका प्रशासन कार्यालय दुल्लु , इलाका प्रहरी कार्यालय दुल्लुको सहयोगमा नगरपालिकाका कर्मचारीहरु, दुल्लु स्थित उद्योग वाणिज्य संघ , व्यापारी हरु लगाएत सरोकारवालाहरुको सहभागितामा बजार अनुगमन गरिएको छ । बजारमा अखाद्यबस्तुको विक्रिवितरण, म्याद नाघेका खाद्यपदार्थ, नापतौल, अबैध मदिराको विक्रिवितरण लगाएत व्यापार व्यावसाय दर्ता भए नभएको सन्दर्भमा कडाइका साथ अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा बिना इजाजत विक्रि वितरणका लागि राखिएको मदिरा जफत गरिएको छ भने म्याद गुज्रिएका सामाग्रीहरु समेत नियन्त्रणमा लिइएको छ । बरामद गरिएकोल मदिरालाई नगरपालिकामा आई व्यापार दर्ता गराउदैँ प्रमाण पुगाएर आगामी १५ दिन भित्र फिर्ता लिनका लागि व्यापारीहरुलाई भनिएको छ भने अखाद्य र म्याद गुज्रिएका खाद्यबस्तुहरुलाई मुचुल्का बनाउदै सबैको रोहबरमा नष्ट गरिने बताइएको छ । अनुगमन को क्रममा स्थानिय नागरिकहरु र व्यापारीहरुले नियमित अनुगमन गर्नुपर्ने आवाज उठाएका छन भने देखावटीका रुपमा अनुगमन हुनुनहुने माग गरेका छन ।