२०८१ पुष १२ शुक्रबार
२०८१ पुष १२ शुक्रबार

पोषण व्यवस्थापन अभियानका लागि आठबिस नगरपालिकाको अभिमुखिकरण

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
मंसिर २२, २०८१

दैलेखको पस्चिममा रहेको आठबिस नगरपालिकाले नगरपालिका क्षेत्रमा ६ देखी ५९ महिना सम्मका वालवालिकाहरुका लागि पोषण लेखाजोखा तथा व्यवस्थापन गर्नका लागि अभियान सञ्चालन गर्न लागिरहेको छ । स्वास्थ्य कार्यालय दैलेखको समन्वय र एभरेष्ट क्लब दैलेखको आर्थिक सहयोगमा आठबिस नगरपालिकाले नगरपालिकाको सबै वडाक्षेत्रमा उच्च कुपोषण र न्युन कुपोषणमा रहेका वालवालिकालाई पोषणको क्षेत्रमा ल्याई जिवनरक्षा गर्नका लागि अभियान सञ्चान गर्न लागिरहेको आठबिस नगरपालिकाले जनाएको छ ।
नगरपालिका भित्रका स्वास्थ्य संस्था प्रमुखहरु लगाएत सरोकारवालाहरुलाई गरिएको अभिमुखिकरण कार्यक्रममा बोल्दै आठबिस नगरपालिका प्रमुख तर्क बहादुर बडुवालले समाजमा रहेका कमजोर स्थितिमा रहेका नागरिकहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै उनिहरुले पाउने सुविधा समाजका ठुलाबडाहरुले पाएको खण्डमा उनिहरुलाई छनौट गर्दा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अभिमुखीकरण कार्यक्रमको अवसरमा बोल्दै एभरेष्ट क्लब दैलेखका सचिव तथा पोषण अधिकारी कृष्ण केसीले ग्रामिण क्षेत्रमा कुपोषित बालवालिकाहरुको तथ्य नभएको सन्दर्भमा धेरैको ज्यान जानेक्रम रहेकोले त्यसलाई न्युनिकरणका लागि नगरपालिकासँगको सहकार्यमा अभियान नै सञ्चालन गर्नुपरेको बताउनुभयो ।

अभियानलाई आठबिस नगरपालिका स्वास्थ्य शाखाले सहिजकरण गर्नुका साथै नगरपालिका क्षेत्रका हरेक घरघरमा स्वास्थ्यकर्मी सहितको समुहबाट निगरानी बढाईने भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।