२०८१ माघ २ बुधबार
२०८१ माघ २ बुधबार

चामुण्डाबिन्द्रासैनी नगरपालिकाको १६औँ नगरसभा (अधिवेशन) सम्पन्न……….

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष २१,२०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको १६औँ नगरसभा एवं नगरअधिवेशन आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । हिउँदे अधिवेशनको रुपमा गत १२ गते विधिवतरुपमा उद्धघाटन भएको उक्त नगरसभा विविध छलफल सहित आवश्यक प्रक्रिया पुरा गर्दै आज दोस्रो वैठकको रुपमा सम्पन्न भएको हो ।
नगरपालिकाको लामो गतिरोध अन्त्य गर्दै १५औँ नगरसभाबाट पारित बजेटमा शंसोधन र आवश्यक योजनाहरुमाथी थप बजेट बिनियोजन सहित नगरपालिकाको विनियोजन विद्येयक पारित गर्दै नगरसभा सम्पन्न भएको हो । नगरसभाको अवसरमा नगरसभाका सदस्यहरुले आफ्नो धारणा राख्दै नगरपालिका स्तरबाट नगरबासीहरुका लागि आवश्यक नितिनियम र बजेट बनाउनुपर्ने र नगरबिकासमा सबैको हातेमालो जरुरी भएकोमा जोड दिएका छन ।
नगरसभामा उपप्रमुख मनसरा कुमारी शर्माले नगरपालिका कार्यपालिका लगाएत पालिका स्तबरबाट आवश्यकता अनुसार नगरगौरवका योजनाहरुमाथी विनियोजना गरिएको बजेट प्रस्तुत गर्नुभएको थियो ।

नगरसभाको अवसरमा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहीले विगतका दिनहरुमा नगरपालिका भित्र झिनामसिना कुराहरुमा अल्झिनुपरेको तितो यर्थातलाई मध्यनजर गर्दै भोलिका दिनहरुमा नगरपालिकाका सबै जनप्रतिनिधिहरु नगरविकासको सवालमा एकमत भएर अघि बढ्ने र नगरपालिकाले तय गरेको नारा बमोजिम नगरपालिकाको सर्वागिंण विकासमा लाग्ने सहमतिका साथ १६औँ नगरसभा सम्पन्न भएको बताउनुभयो ।

नगरसभालाई चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगालीले सहजीकरण गर्नुभएको थियो ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।