२०८१ माघ २ बुधबार
२०८१ माघ २ बुधबार

ठाटिकाँध गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न……….

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
पौष २४,२०८१

दैलेखको ठाटिकाँध गाउँपालिकाको १६औँ गाउँसभा एवं गाउँअधिवेशन आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । हिउँदे अधिवेशनको रुपमा विधिवतरुपमा उद्धघाटन भएको उक्त गाउँसभा विविध छलफल सहित आवश्यक आर्थिक विनियोजन विद्येयक सहित महत्वपुर्ण योजनाहरु संशोधन सहित सम्पन्न भएको छ । ठाटिकाँध गाउँपालिका अध्यक्ष श्री रक्ष बहादुर शाहले उद्धघाटन गर्नुभएको उक्त गाउँसभामा उपाध्यक्ष देबिराम बडुवालले आर्थिक विनियोजन ऐन लगाएत गाउँपालिकाको शंसोधिन बजेट प्रस्तुत गर्नुभएको थियो ।
………….देविराम बडुवाल उपाध्यक्ष ठाटिकाँध गाउँपालिका दैलेख

गाउँसभामा विभिन्न समितिका संयोजकहरुले आ आफ्नो समितिको प्रतिवेदन प्रस्तुत गर्नुका साथै गाउँसभाका सदस्यहरुले त्यसमाथी प्रश्न, सवालजवाफ लगाएत आवश्यक सल्लाहसुझाव राखेका छन । गाउँसभाको अवसरमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसी प्रसाद उपाध्यायले विगत गाउँसभाबाट पारित गरिएका योजनाहरु कार्यान्वयन गर्दै आर्थिक विनियोजन लगाएत सामाजिक सुरक्षा निति समेत पारित गरेको भन्दै चालु खर्च सामान्य खर्च लगाएत पुजिगत खर्च न्युनमात्रामा भएको जानकारी गराउनुभयो ।
…………..तुलसी प्रसाद उपाध्याय प्रमुख प्रशासकिय अधिकृत

गाउँसभा समापन पश्चात बोल्दै गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहले सौहार्द वातावरणमा गाउँसभा सम्पन्न भएको भन्दै केहि सिमित योजना र बजेटद मात्र संशोधन भएको बताउनुभयो ।
…..रक्ष बहादुर शाह अध्यक्ष ठाटिकाँध गाउँपालिका दैलेख

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।