२०८१ फाल्गुन २८ बुधबार
२०८१ फाल्गुन २८ बुधबार

दुल्लु नगरपालिका राष्ट्रपति रनिंग सिल्डको उपाधी विजया माविलाई……

२८ माघ २०८१

दैलेखको दुल्लु नगरपालिकाद्वारा सञ्चालित राष्ट्रपति रनिंग सिल्ड खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । गत माघ २५ गते एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको उक्त खेलकुद प्रतियोगिता आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो । विगत लामो समय देखी हुन नसकेको उक्त खेलकुद प्रतियोगिता यतिबेला उल्लासमय वातावणमा भव्यरुपमा सम्पन्न भएको छ । दुल्लु खेलकुद विकास समितिको संयोजनमा दुल्लु नगरपालिकाद्वारा सञ्चालित उक्त खेलकुद प्रतियोगिताको आयोजक विद्यालयको रुपमा श्री विजया नमुना माध्यामिक विद्यालय दुल्लु रहेको थियो ।
दुल्लु नगरपालिका भित्रका विभिन्न १८ वटा विद्यालयहरुले सहभागिता जनाएको उक्त खेलकुद प्रतियोगितामा करिब ४७० जना छात्र छात्राहरुले १५ विद्याको खेलकुदमा ३० स्वर्णपदकका लागि प्रतिस्पर्धा गरेका थिए । जस अनुसार सबैभन्दा बढि पदकका साथ सिल्ड आयोजक एवं दुल्लु नगरपालिकाको ठुलो विद्यालयको रुपमा रहेको श्री विजया माध्यामिक विद्यालयले हात पारेको छ । जस अन्तरगत विजया माध्यामिक विद्यालयले १० स्वर्ण,४ रजत र ३ कास्य सहित १७ पदक हात पारेको छ भने भलिवलमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेको छ । दोस्रोमा श्री सरस्वती देवी माध्यामिक विद्यालय विनायक रहेको छ ।
सिल्ड र मेडल ग्रहण गर्दै विजया माध्यामिक विद्यालयका प्रधानाध्यापक केशव वहादुर भण्डारीले यो समग्र दुल्लुको जित भएको बताउनुभयो । उहाँले आयोजकको रुपमा विद्यालय जिम्मेवारी लिनु र उपलव्धी समेत हात पार्नु समग्र विद्यालय र विद्यार्थीहरुको अथक मेहनत सँग जोडिएको विषयवस्तु भएको प्रतिक्रिया दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।