दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२४ फाल्गुन,२०८१

प्रतिनिधिसभा सदस्य माननिय सिता रानाले यतिबेला जनताहरुमा निरास र वितृष्णा फैलिनुमा राजनैतिक दलका अगुवाहरु नै भएको आरोप लगाउनुभएको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ८औँ वार्षिक साधारणसमालाई संवोधन गर्न पुग्नुभएकी सांसद रानाले राज्यबाट प्रदान गरिने हरेक सेवासुविधाहरु जनतासामु नपुग्नु दुःखको कुरा भएको भन्दै जनप्रतिनिधिहरु र कर्मचारीहरुले सहि रुपमा काम नगर्दा समेत जननताले दुःख पाएको बताउनु भयो । उहाँले राज्यका हरेक निति नियम समेत सोझा जनतलाई बुझाउने काम समेत राजनैतिक दल र जनप्रतिनिधिहरु देखी कर्मचारीहरुको दायित्व भएकोमा जोड दिनुभयो ।
