दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
८ जेठ,२०८२

कर्णाली प्रदेशको सबैभन्दा ठुलो तथा विकट जिल्लाको रुपमा अवस्थित डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले पालिकास्तरबाट राष्ट्रिय पत्रिचयपत्र वितरण सुरु गरेको छ । जनसंख्याको हिसाबले जिल्लाकै ठुलो पालिका त्रिपुरासुन्दरी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय डोल्पासँगको सहकार्यमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको जनाएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका भित्रका विकट बस्तिका नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र बनाउनका लागि सदरमुकाम दुनै पुगेर हप्तौ पर्खिनुपर्ने साथै धेरै खर्च समेत व्यवहोर्नु पर्ने वाध्यताका बिच नगरपालिकाले उक्त सेवा पालिकास्तरबाटै प्रदान गरेको हो । कार्यक्रमको सन्दर्भमा कुराकानी गर्दै त्रिपुरासुन्दरी नगरपालिका प्रमुख जनचन्द्र रोकायले नेपाल सरकारको निति अनुसार यतिबेला हरेक कामका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्यलाई महसुस गर्दै नगरबासीको आवश्यकतालाई मध्यनजर गर्दै कामको थालनी गरेको बताउनुभयो ।
यतिबेला त्रिपुरासुन्दरी नगरपालिकाले पालिका स्तरबाट सञ्चालन गरेको राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको स्थानियबासीले खुलेरै प्रसंसा गरेका छन भने अन्य पालिकाहरुका लागि समेत चुनौतिको विषय बन्न पुगेको छ ।
