२०८२ असार ३२ बुधबार
२०८२ असार ३२ बुधबार

दुल्लु नगरपालिका वडा नं.११ को सार्वजनिक सुनुवाई सम्पन्न…

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
२० जेठ,२०८२

दैलेखको दुल्लु नगरपालिका वडा नं. ११ ले आफ्नो वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । ११ नम्बर वडाद्धारा आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेट लगाएत सञ्चालित विभिन्न योजनाहरुसंगै विकास निर्माण लगाएत प्रवाह गरेका सेवाहरुको सन्दर्भमा यस वर्षको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

दुल्लु नगरपालिका वडा नं.११ को वडा कार्यालय कालभैरव तोराँयामा सञ्चालित उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबाट यस आर्थिक वर्षमा सञ्चालित शिक्षा, स्वास्थ्य , खानेपानी, सडक , विधुत लगाएत विकास पुर्वाधार लगाएत सेवा प्रवाह र विविध विषय गरिएका प्रगति प्रतिवेदन वडा सचिव भरत भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।

उक्त सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागि स्थानियबासी सेवाग्राहीहरुले वडा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरु लगाएत विकास निर्माण र जनसरोकारका क्षेत्रमा सकारात्मक सुधारसँगै आवश्यकताकोे सन्दर्भमा राखेका प्रश्न एवं सल्लाह सुझावहरुको सहजिकरण कार्यक्रमका मुख्य जवाफदेहि वक्ता वडाध्यक्ष शुरेन्द्र जंग भण्डारीले गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?