दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
असार १०,२०८२

दैलेखको दुल्लु नगरपालिकाले आज १७औँ नगरसभाको अधिवेशनबाट आर्थिक वर्ष २०८२÷८३ का लागि निति तथा कार्यक्रम र त्यसमाथी बजेट प्रस्तुत गरेको छ । कर्णााली प्रदेशकै दोस्रो ठुलो स्थानिय तहको रुपमा रहेको दुल्लु नगरपालिकाले जिल्लामै सबैभन्दा बढि बजेट समेत प्रस्तुत गरेको छ । नगरपालिकाले यतिबेला नगरपालिका क्षेत्रको चौतर्फी विकासका साथै नगरबासीलाई उत्पादनशिल क्षेत्रसँग जोड्दै आर्थिक विकास केन्द्रित निति कार्यक्रम अघि सारेको छ ।
दुल्लु नगरपालिकाले आज प्रस्तुत गरेको निति तथा कार्यक्रम माथि १ अरब ८ करोड ८१ लाख ४९ हजारको बजेट प्रस्तुत गरिएको छ । दुल्लु क्षेत्रको कृषि पशुपंछीको क्षेत्रलाई अग्रपंतिमा राख्दै शिक्षा स्वास्थ्य, लगाएतको क्षेत्रमा महत्व राख्दै तय गरिएको निति तथा कार्यक्रम नगरप्रमुख भरत प्रसाद रिजालले नगरसभामा प्रस्तुत गर्नुभएको थियो ।
नगरसभामा नगरप्रमुख भरत प्रसाद रिजालले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम माथि नगरउपप्रमुख बिना कार्कीले बजेट प्रस्तुत गर्नुभएको थियो ।
विगत वर्षहरु जस्तै आर्थिक विद्येयक र विनियोजन विद्येयक पारित पश्चात निति र कार्यक्रम माथी बजेट समेत पारित गर्दै अघि बढेको नगरसभा उल्लासमय वातावरणमा सम्पन्न भएको छ । नगरसभाको पहिलो वैठक सम्पन्न भएपश्चात बोल्दै दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले विगतको भन्दा फरक र गतिशिलत निति तथा कार्यक्रम माथी प्रस्तुत भएको बजेटले समग्र नगरबासीको जीवनस्तर परिवर्तन गर्ने भन्दै खुशी व्यक्त गर्नुभयो ।
