जुनकिरिको आस ।
अंध्यारो गाउँ ।कालो अक्षर भैंसी बराबर ।
चुलो चौको बितेका विगत ।मरेका रहरले गर्ने कालापहाडको यात्रा चलेकै थियो जिन्दगी । विवाहमा रिन लाग्यो कालापहाड ,
पितृको काजकृया सकियो कालापहाड ,
छोरिको बिहेपछी कालापहाड ,
उतिबेलादेखीको नियती थियो हिउमा पुरिनु र हराउनु
पुर्वमा जन्मेको भय सहिद भईन्थ्यो ,
पश्चिममा जन्मेर कालापहाडमै अस्तु हरायो,
बर्षको कम्तिमा आधा समय देशै कालापहाडे भेषै कालापहाडे।
प्यारो पनि छ रहर पनि छ कालापहाडमै रमाउने र हराउने पनि छ ।
५ बर्षमा कालापहाडे घर आउछ, बरु दशैं बिर्सन्छ।
निर्वाचन सम्झन्छ । आफुलाई केही माग्दैन सुटुक्क आउँछ खुव सम्मानकासाथ मतपेटिका भर्छ ,
उसको मतले विजय गरेपनी ,
उसमा जोस छैन किनकी कालापहाडेले अर्को कालापहाडे बनायो ।
जो ५ बर्ष रमाउने गाउबाट टाढिने ।
यसपाली फरक बन्यो म्यासेन्जरमा कल , म्यासेजको ओईरो छ ।
शुभकामना शुभकामना खुशि र हर्षका भाव ,
एउटा जुनकीरी उदायो कालापहाडेका गाउबाट ।
गरिवीको अभिमतबाट ।
बस यहि चाहना छ ।
यो कालापहाडेलाई जुनकिरीको उज्यालोसंगै सन्तानको भविष्य दौडाउने ।
कालापहाडको अन्त्य गर्ने ।
कालापहाडेको गाउबाट उदायको जुनिकिरी हौ तिमी ,
तिमी प्राकृतिक छौ कसैले तिम्रो चम्किने बत्ती निभाउन सक्ने छैनन्।
तिमी चम्किरहनु त्यही उज्यालोको सहारामा मेरो गाउँ कालापहाडको दर्दनाक पिडाबाट मुत्त हुनेछ ।
अब तिम्रै आस छ ।जुनकिरीको आस ।
कवि स्यामसुन्दर गिरी ,नेपाली लेखक संघ दैलेखको संयोजक हुनुहुन्छ ।