२०८१ मंसिर २९ शनिबार
२०८१ मंसिर २९ शनिबार

दुल्लुको रिजुपोखरामा एक घर एकधारा अभियान सञ्चालन…..

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
भाद्र १४, २०८१

दैलेखको दुल्लु नगरपालिका ५ को रिजुपोखरा एक प्रख्यात पहिचानको क्षेत्र हो । रिजाल थरको रिजु तथा पोख्रेल थरको पोखरा आदीभुमिको रुपमा रहेको रिजुपोखरा क्षेत्र अत्यन्त सुन्दर र मिलेको क्षेत्र हो । विभिन्न समस्या र चुनौतिका कारण उक्त क्षेत्र यतिबेलासम्म ओझेलमा छ । देश संघियतामा गएसँगै विभिन्न विकास निर्माणको क्रम भने दिनप्रतिदिन बढ्दै गइरहेको छ । सडक शिक्षा, विद्युत लगाएत खानेपानीको समस्या रहेको उक्त क्षेत्रमा यतिबेला बल्ल खानेपानीको समस्या समाधान भएको छ ।
रिजुपोखरा क्षेत्रमा बस्ति माथिल्लो क्षेत्रमा र खानेपानीको मुल तल भएकाले खानेपानीको समस्या इतिहास देखि वर्तमान सम्म जस्ताको भएपनि यतिबेला भने समाधान भएको छ । हेल्वेटासको आर्थिक सहयोगमा सोसेक नेपालले दुल्लु नगरपालिका सँगको सहकार्य र साझेदारीमा विगत ५ वर्षदेखि सञ्चालित योजना बाहुनधारा खानेपानी योजनाले पुर्णता पाएको छ । यस भन्दा अघिल्लो सरकारले २०७५ बाट सञ्चालित उक्त योजनाले करिब ६ वर्ष पछि पुर्णता पाएसँगै त्यस क्षेत्रका स्थानियहरु खुशी भएका छन ।
खानेपानीको चरम अभावमा दूःख खेप्दै टाढा र ओरालोको पानी पिठ्युमा बोकेर जिवन व्यतित गर्दै आएका रिजुपोखराका स्थानियहरु ओरालोको पानी उकालीमा लिफ्टिंग योजनाबाट घरघरमा पुगेसँगै अचम्ममा मात्र परेका छैनन् उनिहरु जीवन नै बदलिएको अनुभव गरिरहेका छन ।

उक्त वाहुनधारा खानेपानी योजनाको यतिबेला प्रथम साधारण सभा समेत सम्पन्न भएको छ । खानेपानी योजनालाई दीर्घकालिनरुपमा सञ्चालन गर्दै धारा र मिटर व्यवस्थापन गर्दै आवश्यक नितिनियम परिपालना गर्ने उद्धेश्यका साथ साधारण सभा सम्पन्न भएको छ । साधारण सभा सम्पन्न भएपछि सोसेक नेपालका फिल्ड संयोजक महेन्द्र अधिकारीले लामो समयदेखि सञ्चालित योजनाले पुर्णता पाएपछि खुशी व्यक्त गर्नुभयो । उहाँले नगरपालिकासँगको सहकार्यमा योजना सम्पन्न भएको भन्दै योजना लाई दिगो बनाउनका लागि सबै उपभोक्ताहरुको सहकार्य आवश्यकता रहेकोमा जोड दिनुभयो ।

त्यसो त पहिले र अहिलेका जनप्रतिनिधिहरु समेत आफ्ना नागरिकहरुको पानी पिउने चाहनालाई पुर्ति गर्नका लागि विभिन्न योजना बनाउदै संघसंस्था र नगरपालिकासँग गुहार माग्दै अघि बढेपनि लामो समयको पर्खाई र मेहनेतले यतिबेला सार्जकता पाएपछि उनिहरु पनि खुशी भएका छन ।

यसरी पानी भएर पनि कागाकुल बस्ति रिजुपोखरा क्षेत्रका नागरिकहरुले बर्षौपछिको अथक प्रयासपछि पानी पिउन पाएका छन । नियमानुसार कर्तव्यवोधका साथ काम गर्दै हातेमालो गर्न सकेको खण्डमा योजनालाई दीर्घकालिन बनाउन सकिनेमा दुइमत छैन ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।