२०८१ मंसिर २९ शनिबार
२०८१ मंसिर २९ शनिबार

एतिहासिक दैलेख सात्तला भैली सम्पन्न….

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
कात्तिक ३, २०८१

भैली खेल….
दैलेखको सात्तला भैलि एक एतिहासिक परम्परा हो । हरेक वर्ष दशै कोजाग्रत पुर्णिमाको अवसरमा खेलिने उक्त भैलि परापुर्वकाल देखि खेलिदै आएको छ । दैलेख अछाम कालिकोट लगाएत छिमेकि जिल्लाबाट समेत भैलि खेल्न र हेर्न मानिसहरु आउने गर्छन भने भैलिसँगै देउडाखेल लगाएत अन्य साँस्कृतिक कार्यक्रमहरु समेत हुने गरेका छन । पछिल्लो केहि समय मदिरा लगाएत विकृतिका कारण भैलि खेलमा समस्या भएपनि यतिबेला भने उक्त भैलिको रौनक बढेर गएको छ ।
यस वर्षको सात्तलाको भैलि दशैँको कोजाग्रत पुर्णिमाको राति कात्तिक १ गते र २ गते दिउँसो खेलिएको छ । आठबिस नगरपालिकाको १ नम्बर वडाक्षेत्रमा विद्यमान सात्तला भैली थापा नायक परम्परामा आधारित छ । नायकलाई काँधमा चढाएर पञ्चेबाजाको तालमा खेलीने भैलीको आफ्नै महत्व र विशेषता रहेको छ । स्थानिय परम्परालाई बचाउदैँ भैली खेल्नु साथै लामो समयको भेटघाट र स्थानिय उत्पादनको व्यापार समेत भैलीका विशेषता भएको स्थानियबासीको भनाई रहेको छ ।

यस वर्षको सात्तलाको भैली विगतको भन्दा केहि फरक देखिएको छ । कडा सुरक्षाका बिच स्थानिय युवाहरु, जनप्रतिनिधिहरु लगाएत समेत भैली व्यवस्थापनमा लागि परेका छन् । भैली खेल्नका लागि छिमेकी पालिकाका जनप्रतिनिधिहरु देखि कर्णाली प्रदेशका मन्त्रिहरु र प्रतिनिधिसभा सदस्यहरु समेत दैलेख सात्तला पुगेका छन । भैलीलाई हरेक वर्ष व्यवस्थापन गर्दै त्यसको प्रचारप्रसार र महिमा बचाई राख्नका लागि काम गर्दै आइरहेको भैली व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी भैरव बहादुर थापाको भनाई रहेको छ ।

त्यसो त विगत देखि यतिबेलाको समयसम्म प्रचलित सात्तलाको रात्रिकालिन भैली र मेलालाई गतिसिल बनाउनका लागि बजेट व्यवस्थापन गर्दै आगामी दिनहरुमा भैलिलाई परिमार्जित गर्दै दिउँसो रुपान्तरणको प्रयास समेत भइरहेको स्थानिय जनप्रतिनिधिहरु बताउँछन ।

यसरी एतिहासिक दैलेखको सात्तला भैली सिंगो कर्णाली प्रदेशकै एक परम्परा हो । जसलाई संरक्षण गर्दै समयको गतिसँगै आवश्यक व्यवस्थाप र परिमार्जित हुनु अति आवश्यक छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।