२०८१ मंसिर २९ शनिबार
२०८१ मंसिर २९ शनिबार

नवयोजना वचत तथा ऋण सहकारी दुल्लु ७ को १३औँ वार्षिक साधारण सभा सम्पन्न….

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
मंसिर ८,२०८१

दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ मा रहेको श्री नवयोजना वचत तथा ऋण सहकारी संस्थाको १३औँ साधारण सभा एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । दुल्लु नगरपालिकाको सभाहलमा सम्पन्न उक्त साधारणसभामा सहकारीका सेयरसदस्यहरु लगाएत साधारणसदस्यहरुको सहभागिता रहेकोल थियो भने औपचारिक कार्यक्रममा दुल्लु स्थित विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । साविक नेपा गाविसमा २०६९ मा स्थापना भई पछि विधान संसोधन मार्फत दुल्लु नगरपालिकाको १३ वटै वडामा कार्यक्षेत्र स्थापित गरेको सहकारीले यतिबेला कृषि र उत्पादन लगाएत विभिन्न पेसासँग हातेमालो गर्दै सन्तोषजनक उपलव्धी हाँसिल गर्दै आईरहको छ । यतिबेला संस्थाले ४६२ जना सेयर सदस्यहरु लगाएत अन्य साधारण वचत सदस्यहरु मार्फत विविध गतिविधि गर्नुका सार्थै ऋण लगानी र बचतका कामहरु गर्दै दुल्लु नगरपालिकाको एक उत्कृष्ट सहकारीको परिचय स्थापित गरेको छ ।
उक्त साधारण सभाको प्रमुख अतिथिको रुपमा दुल्लु नगरपालिका ९ का वडाध्यक्ष तिलक प्रसाद उपाध्याय यतिबेला देशभर सहकारीको वदनाम भईरहेको सन्दर्भ उठान गर्दै दुल्लु नगरपालिकामा स्थापित नवयोजना सहकारीले यहाँका वहुमत किसानहरुको हक हितमा काम गरेको भन्दै आगामी दिनमा सहकारीलाई अझ माथि उठाउनको लागि नगरपालिका र वडास्तरबाट आफुले सबै सहयोग गर्ने प्रतिवद्धत जनाउनुभयो ।
त्यसैगरि नवयोजना वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्रदेव कार्कीले सहकारीले यतिबेलासम्म गरेका हरेक गतिविधिबारे सम्पुर्ण सेयर सदस्यहरुले जानकारी लिनुपर्नेमा जोड दिदैँ आगामी दिनहरुमा समेत संस्थाको विधान बमोजिम ऋण लिन र तिर्न सक्नुपर्ने भन्दै सहकारी सदावहाररुपमा सेयर सदस्यको हकहितको लागि काम गर्ने बताउनुभयो ।
साधारणसभामा संस्थाको बन्दसत्रमा लेखा प्रतिवेदन र आर्थिक प्रतिवेदन लगाएत विविध विषयमा वृहत छलफल गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।