२०८१ फाल्गुन ७ बुधबार
२०८१ फाल्गुन ७ बुधबार

दैलेख उपनिर्वाचन, दुबै स्थानमा एमाले उम्मेदवार विजयी….

्दिपेन्द्र कार्की बस्ताकोटी दैलेख

हिजो मंसिर १६ गते भएको स्थानिय तहको उपनिर्वाचन अन्तरगत दैलेखको दुबै स्थानमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन । जस अन्तरगत दुल्लु नगरपालिका वडा नं. १३ को वडाध्यक्ष पदमा नेकपा एमालेका लाल बहादुर शाही विजयी हुनुभएको छ । उहाँले ५७४ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका रेशम बहादुर शाहीले ५७१ मत प्राप्त गर्नुभएको छ । ३ मतको अन्तरले नेकपा एमालेका लाल बहादुर शाही विजयी हुनुभएको छ । यस अघि २०७९ को स्थानिय तहको निर्वाचनमा दुल्लु ७ र ८ मा समेत ३—३ मतको अन्तरले वडाध्यक्ष पदका उम्मेदवारहरु विजयी भएका थिए ।
त्यसै गरि दैलेखको महाबु गाँउपालिकाको मतगणता पनि विहान सकिएको छ । जसमा नेकपा एमालेका जंग बहादुर शाही नेपाली काँग्रेसका उम्मेदवार झलक कुमार भण्डारीलाई पछाडी पार्दै विजयी हुनुएको छ । जस अन्तरगत विजयी शाहीले ३१२७ मत ल्याउदा नेपाली काँग्रेसका भण्डारीले २६७५ मत प्राप्त गर्नुभएको छ । विजयी शाही र भण्डारीको मतान्तर भने ४५२ रहेको छ । विजयी जंग बहादुर शाही २०७४ को स्थानिय तहको निर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्ष समेत बनिसक्नुभएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।