२०८१ मंसिर २० बिहीबार
२०८१ मंसिर २० बिहीबार

दुल्लु नगरपालिकको १२ नं. वडालाई पहिलो सफा स्वच्छ वडा घोषणा…

दिपेन्द्र कार्की बस्ताकोटी, दैलेख
मंसिर १९, २०८१

दैलेखको दुल्लु नगरपालिका वडा नं. १२ लाई नगरपालिकाकै पहिलो वडाको रुपमा सफा स्वच्छ वडाको रुपमा घोषणा गरिएको छ । दाहाल र लम्सालहरुको आदीभुमीको रुपमा रहेको दुल्लु नगरपालिका १२ विशेष पहिचानको वडा समेत हो । सोसेक नेपाल र हेल्वेटास नेपालको सहयोगमा वडा क्षेत्रका हरेक घरहरुमा सरसफाईका विभिन्न ५ वटा सुचकहरु पुरा गर्दै वडाले आज सफा स्वच्छ वडाको रुपमा पहिचान बनाउन सफल भएको छ ।
वडालाई सफा स्वच्छ वडाको रुपमा घोषणा गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दुल्लु १२ लाई साँस्कृतिक वडाको रुपमा विकास गर्नका लागि सफा स्वच्छ कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने भन्दै त्यसको लागि विगत देखि विभिन्न क्षेत्रबाट सहयोग गरेको र आगामी दिनहरुमा समेत चुनौतिका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

विभिन्न साँस्कृति कार्यक्रम सहित सम्पन्न उक्त घोषणा कार्यक्रमको अवसरमा बोल्दै दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजालले वडालाई यतिबेला सरसफाई वडा उन्मुख वडाको रुपमा कार्यक्रमले प्रभावकारी भुमिका खेलेको भन्दै भोलिका दिनहरुमा पुर्ण सरसफाई वडा बनाउनको लागि नागरिकहरुले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

वडाको उक्त सफा स्वच्छ कार्यक्रममा प्रतिवद्धता गर्दै वडाध्यक्ष लिलाराम लम्सालले सरसफाईका सबै सुचकहरु पुरा गर्दै आगामी दिनमा पुर्ण सरसफाई र नमुन वडाको रुपमा विकास गर्ने बताउनुभयो ।

वडाको उक्त सफा स्वच्छ वडा घोषणा कार्यक्रमलाई सहयोग गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु लगाएत सरोकारवालाहरुलाई वडाले सम्मान समेत गरेको छ भने कार्यक्रमका सहभागिहरुले सरसफाईको क्षेत्रमा गर्नुपर्ने जिम्मेवारीमा प्रतिवद्धता गर्दै हस्ताक्षर समेत गरिएको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।